Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

काठमाण्डौ महानगरको पूर्वाधार एम्बुलेन्सको योजना प्रभावकारी बन्दै 

काठमाण्डौ महानगरको पूर्वाधार एम्बुलेन्सको योजना प्रभावकारी बन्दै 

images

सिआईएन

१८, आषाढ २०७९
काठमाण्डौ महानगरको पूर्वाधार एम्बुलेन्सको योजना प्रभावकारी बन्दै 
images

सुसिला श्रेष्ठ, काठमाडौँ, १८ असार । सुरक्षित सहर बनाउन काठमाडौँ महानगरले ल्याएको पूर्वाधार एम्बुलेन्सको योजना प्रभावकारी देखिन थालेको छ । काठमाडौँ महानगरपालिकाकाले महानगरभित्रका सडकका खाल्डाखुल्डी, ठाउँठाउँमा फुटेका ढल लगायत पूर्वाधारहरूको आकस्मिक मर्मतसम्भार गर्न पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

पूर्वाधार एम्बुलेन्स महानगरवासीको गुनासोअनुसार सम्बन्धित ठाउँमा पुग्ने गरेको छ ।बितेका २७ दिनमा ६२ स्थानका सडक तथा ढल मर्मत सम्भारको काम पुर्वाधार एम्बुलेन्स मार्फत भईरहेको छ । करिव नौ महिनादेखि बिग्रिएको बिजुली बजार नजिकैको सडक पनि बनेको स्थानीयवासी रामकुमार रम्तेलले बताउनुभयो । एक पटक फोन गरेको भरमा पूर्वाधार एम्बुलेन्स आएर बाटो बनाईदिने गरेपछि महानगरवासी खुशी भएका छन् ।

महानगरकाअनुसार मर्मत टोलीमा २ वटा पूर्वाधार एम्बुलेन्ससहित २ जना इञ्जिनियर र ४ जना मर्मत कर्मचारी छन् । महानगरले सुरु गरेको कलसेन्टरमा दैनिक सय वटा जति गुनासा आउने भएपनि पूर्वाधार एम्बुलेन्स करिव १५ ठाउँमा पुगिरहेको आयोजनाका ईन्जिनियर हरिबहादर बुढाले जानकारी दिनुभयो । काठमाडौँ महानगरको पूर्वाधार एम्बुलेन्स कार्यक्रम प्रभावकारी देखिए पनि जनशक्ति पर्याप्त नहुँदा सेवा प्रवाहमा समस्या छ ।   

images
प्रकाशित मिति :आषाढ १८, २०७९ शनिवार - १०:१७:४४ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology