काठमाण्डौ, १७ असार । २० वर्ष मुनीका फुटबल टोलीको व्यवस्थापकमा दिवाकर घले नियुक्त हुनुभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज उहाँलाई टिम व्यवस्थापकको रुपमा नियुक्त गरिएको जनाएको छ । टिम व्यवस्थापकको रुपमानियुक्त घले महाबिर क्लबका अध्यक्ष हुनुहुन्छ ।
एन्फाले साफ यू–२० च्याम्पियनसिप र एएफसी यू–२० एसियन कप छनोटका लागि घलेलाई नियुक्त गरेको हो ।साफ यू–२० च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।
च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ। भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ ।
त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा छ ।