चितवन, १७ असार । आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वामान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश–१, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश–१ का एक–दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना देखिएको छ । नदी, नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन÷यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।