Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

बर्खाको पानी शुद्धिकरण नगरी नपिउन चिकित्सकको सुझाब 

बर्खाको पानी शुद्धिकरण नगरी नपिउन चिकित्सकको सुझाब 

images

सिआईएन

१५, आषाढ २०७९
बर्खाको पानी शुद्धिकरण नगरी नपिउन चिकित्सकको सुझाब 
images

सुसिला श्रेष्ठ, काठमाडौँ, १५ असार ।  बर्खाको समयमा सरुवा रोगको जोखिम धेरै हुने भएकाले खानपानमा ध्यान दिन डाक्टरहरूले सुझाव दिएका छन् । अधिकांश रोगको प्रमुख कारक अशुद्ध पानी नै भएकाले पानी उमालेर पिउने वा शुद्धिकरण गरेर पिउने बानीले रोगबाट बच्न सकिने इपिडिमियोलाजी तथा रोक नियन्त्रण महाशाखाका प्रमुख डाक्टर चुमनलाल दासले सीआईएनसँग बताउनुभयो ।

फोहोर पानीका कारण हैजा, झाडा–पखाला, आँउ, पेटमा पर्ने जुकाहरू, टाइफाइड, कमलपित्त जस्ता रोग लाग्ने उहाँले बताउनुभयो । यसबाट बच्न पानी शुद्धिकरण गरेर पिउनु पर्ने उहाँको सुझाव छ । उमालेर, फिल्टर गरेर, फिल्टर गरेपछि पनि पीयूष, वाटरगार्ड जस्ता पानी शुद्ध बनाउने क्लोरिनको झोल हालेर पानी पिउन योग्य बनाउन सकिन्छ ।

 पानी शुद्धीकरण गर्नका लागि आवश्यक क्लोरिनको झोलयुक्त औषधि, स्वास्थ्य सस्था वा औषधि पसलहरूमा सजिलै पाइन्छ । त्यस्ता औषधिलाई पानी राखिएको भाडामा पानीको मात्रा अनुसार केही थोपा राख्न सकिन्छ । तर पानी उमालेर खानु नै पानीजन्य रोगबाट जोगिने उत्तम उपाय रहेको डाक्टरहरूको भनाइ छ ।

images
प्रकाशित मिति :आषाढ १५, २०७९ बुधवार - ०९:१७:५७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology