Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

काठमाडौँमा समुदायस्तरमा हैजा फैलिएको अनुमान

काठमाडौँमा समुदायस्तरमा हैजा फैलिएको अनुमान

images

सिआईएन

१५, आषाढ २०७९
काठमाडौँमा समुदायस्तरमा हैजा फैलिएको अनुमान
images

सजना तिमल्सिना, काठमाडौं, १५ असार । वर्षात सुरु भएसँगै देशका विभिन्न ठाउँमा हैजाका विरामी भेटिन थालेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं उपत्यकाका मात्रै १२ जनामा हैजाको सङ्क्रमण पुष्टि भइसकेको छ ।

काठमाडौंमा समुदायस्तरमा हैजा फैलिएको महाशाखाले जनाएको छ । काठमाडौंका बिभिन्न १० स्थानका पानीमा गरिएको परीक्षणमा हैजा गराउने किटाणु भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा ६ सदस्यीय छानबिन टोली गठन गरेको छ ।

संसदीय समितिले पनि काठमाडौंमा फैलिएको हैजा नियन्त्रणमा गम्भिर बन्न सरकारलाइ ध्यानाकर्षण गराएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले हैजा नियन्त्रणको लागि सरकारले काम गरिरहेको दाबी गर्नुभयो । 

images
प्रकाशित मिति :आषाढ १५, २०७९ बुधवार - ०९:१५:४९ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology