Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

उपत्यकामा हैजाको सङ्क्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध 

उपत्यकामा हैजाको सङ्क्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध 

images

इच्छाकामना न्युज

१४, आषाढ २०७९
उपत्यकामा हैजाको सङ्क्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध 
images

काठमाण्डौ, १४ असार । हैजाको सङ्क्रमणबाट बच्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । हालसम्म काठमाडाँै उपत्यकाको विभिन्न स्थानमा हैजाको सङ्क्रमण देखिएकाले स्वास्थ्य सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको हो ।

प्रदूषित पानी र स्ट्रिड फुडका कराण हैजा फैलिएको आशङ्का गरिएको छ । सार्वजनिक स्थानमा थुप्रिएको फोहोर र त्यका कारण पानीका स्रोत प्रदुषित हुँदा हैजा फैलिने जोखिम भएकाले पानी र खानपानमा ध्यान दिन मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीले अनुरोध गर्नुभयो ।

यसैबीच,प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले हैजाबारे गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ ।स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रतिनिधिहरूसँग छलफल गरेपछि समितिले सरकारलाई गम्भीर बन्न आग्रह गरेको हो ।

समिति सभापति जयपुरी घर्तीले वर्षाको समयमा हैजा, झाडापखाला बढ्न सक्ने खतरा रहेकाले यसलाई गम्भिरतापुर्वक लिन अनुरोध गर्ने निर्णय भएको बताउनुभयो । समितिमा औषधिको मूल्यवृद्धिका विषयमा पनि छलफल भएको थियो । समितिले गुणस्तरहीन औषधि खरिद नगर्न, उचित मूल्य समायोजन गर्न र म्याद गुज्रेका औषधि खरिद नगर्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।

images
प्रकाशित मिति :आषाढ १४, २०७९ मंगलवार - ०९:०६:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology