Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

दैनिक १० देखि १२ करोड रूपैयाँ बराबरको बिजुली भारतमा निर्यात भइरहेको मन्त्री भुसालको दाबी 

दैनिक १० देखि १२ करोड रूपैयाँ बराबरको बिजुली भारतमा निर्यात भइरहेको मन्त्री भुसालको दाबी 

images

इच्छाकामना न्युज

१३, आषाढ २०७९
दैनिक १० देखि १२ करोड रूपैयाँ बराबरको बिजुली भारतमा निर्यात भइरहेको मन्त्री भुसालको दाबी 
images

काठमाण्डौ, १३ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालले अहिले दैनिक १० देखि १२ करोड रूपैयाँ बराबरको बिजुली भारतमा बेचिरहेको बताउनुभएको छ । सरकारको तर्फबाट सङ्घीय संसदमा पेश भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा मन्त्रालयसँग सम्बन्धित विषयमा राष्ट्रियसभा सदस्यहरूको प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

वर्षायाममा बढी भएको ३६४ मेगावाटसम्मको विद्युत् भारतीय प्रतिस्पर्धी बजारमा बिक्री भइरहेको उहाँको भनाइ छ । सुख्खायाममा भने भारतबाट बिजुली आयात गर्नुपर्ने अवस्था अझै रहेको उहाँले स्पष्ट पार्नुभयो । गत सुख्खायाममा देशको आन्तरिक माग धान्न भारतबाट आयात भएको विद्युतको औसत मूल्य ९ रुपैयाँ ७ पैसा प्रति युनिट रहेको छ भने यो वर्षातमा अहिले सम्मको निर्यातको औसत दर ११ रूपैयाँ ३८ पैसा प्रति युनिट रहेको छ ।

आउँदो दुई वर्षपछिका सुख्खायाममा समेत नेपालको विद्युतले नै आन्तरिक माग धान्ने तर वर्षायाममा भने उत्पादनको करिव ५० प्रतिशत विद्युत् बढी हुने उहाँको भनाइ छ ।  विद्युतको आन्तरिक खपत बढाएरै देश समृद्ध हुने कुरामा दुई मत नरहेको भन्दै उहाँले सरकारले विद्युत् खपत कार्ययोजना बनाई कार्यान्वयन गरिरहेको दाबी पनि गर्नुभयो ।

यस वर्ष आन्तरिक विद्युतको खपत करिब २० प्रतिशतले बढेको उहाँको भनाइ रहेको छ ।  आगामी दुई वर्षभित्र सबै नेपालीमा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुग्ने उहाँको भनाइ रहेको थियो । 

images
प्रकाशित मिति :आषाढ १३, २०७९ सोमवार - १९:२२:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology