काठमाण्डौ, १३ असार । नवनियुक्त मन्त्रीहरूले आजपद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आजविहान ११ बजे शपथ ग्रहण गराउनु भएको हो ।
नेकपा एकीकृत समाजवादीको सिफारिस अनुसार जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्ययन, मेटमणि चौधरी सहरी विकास, भवानीप्रसाद खापुङ स्वास्थ्य, शेरबहादुर कुँवर श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री र हिराचन्द्र केसीले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा नियुक्त भएसँगै पाँचै जनाले शपथ ग्रहण गरेका हुन् ।
शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटालगायतको उपस्थिति रहेको थियो ।