काठमाण्डौ, १३ असार । तमू समुदायको महान पर्व तमू (गुरुङ) ल्होसारलाई लक्षित गर्दै विवादित अभिव्यक्ति दिने काठमाण्डौ महानगरपालिका वडा नं. २२ का वडासदस्य चन्द्रमान तुलाधरले अन्ततः माफी मागेका छन्। उनले आईतबार एक विज्ञप्ती जारी गर्दै गुरुङ समूदायसँग माफी मागेका हुन्।
तुलाधरले असार ६ गते काठमाण्डौ महानगरपालिको ११ औं नगरसभामा निति तथा कार्यक्रमको सिलसिलामा तमू ल्होसारको सन्दर्भ ल्याउदै विवादास्पत अभिव्यक्ति दिएका थिए । उनको सोहि अभिव्यक्ति प्रति तमू ह्युल छोंज धीं (गूरुङ राष्ट्रिय परिषद्), तमू धीं नेपाल लगायत विभिन्न गुरुङ संस्थाहरुले आपत्ति प्रकट गरेका थिए।
