Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप खेलेर टोली स्वदेश फर्कियो 

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप खेलेर टोली स्वदेश फर्कियो 

images

इच्छाकामना न्युज

१३, आषाढ २०७९
एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप खेलेर टोली स्वदेश फर्कियो 
images

काठमाण्डौ, १३ असार । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । नेपाली क्रिकेट टोली बिहान ५ः५६ मा नेपाल आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

नेपाल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएसँगै एसिया कप क्रिकेटमा छनोट हुन असफल भएको छ । युएईविरुद्धको पहिलो सेमिफाइनल वर्षाको कारण रद्द हुँदा नेपाल बाहिरिएको हो ।

समूह चरणमा समूह विजेता बनेको कारण युएई फाइनल पुगेको हो । युएईले मलेसियालाई हराएर उपाधि जितेको थियो ।फाइनल पुग्ने दुई टोली महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट भएका छन् ।

images
प्रकाशित मिति :आषाढ १३, २०७९ सोमवार - ०९:५५:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology