चितवन, १३ असार । आज देशका धेरै ठाउँमा दिनभरजसो नै झरी पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । देशका प्रदेश–१, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ भने राति र भोलि पनि पानी पर्ने अनुमान गरिएको छ ।
गएको जेठ २२ गते नेपाल भित्रिएको मनसुन हिजो सुदूरपश्चिम प्रदेशमा प्रवेश गरेसँगै मनसुन देशभर फैलिएको छ । आज र भोलि लगातारजसो पानी पर्ने भएकाले बाढी पहिरोको जोखिमबाट बच्न मौसमविदहरूले आग्रह गरेका छन् ।