Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गुरुङ ल्होसारलाई लक्षित गर्दै काठमाण्डौ महानगरको जनप्रतिनिधिले दिएको अभिव्यक्ति प्रति गुरुङ समुदायको आपत्ति

गुरुङ ल्होसारलाई लक्षित गर्दै काठमाण्डौ महानगरको जनप्रतिनिधिले दिएको अभिव्यक्ति प्रति गुरुङ समुदायको आपत्ति

इच्छाकामना न्युज

११, आषाढ २०७९
गुरुङ ल्होसारलाई लक्षित गर्दै काठमाण्डौ महानगरको जनप्रतिनिधिले दिएको अभिव्यक्ति प्रति गुरुङ समुदायको आपत्ति
images

काठमाण्डौ, ११ असार । तमू समुदायको महान पर्व तमू (गुरुङ) ल्होसारलाई लक्षित गर्दै काठमाण्डौ महानगरपालिका वडा नं. २२ का वडासदस्य चन्द्रमान तुलाधरले दिएको अभिव्यक्ति प्रति गुरुङ समुदायले आपत्ति प्रकट गरेको छ । तुलाधरले असार ६ गते काठमाण्डौ महानगरपालिको ११ औं नगरसभामा निति तथा कार्यक्रमको सिलसिलामा गुरुङ ल्होसारको सन्दर्भ ल्याउदै विवादास्पत अभिव्यक्ति दिएका थिए । उनको सोहि अभिव्यक्ति प्रति गुरुङ समुदायले आपत्ति प्रकट गरेको हो।

images
images

वडासदस्य तुलाधरको अभिव्यक्ति प्रति तमू ह्युल छोंज धीं (गूरुङ राष्ट्रिय परिषद्) र तमू धीं नेपालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै संस्थाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा चन्द्रमान तुलाधारले हेयका दृष्टिले तमू (गुरुङ)हरुको महान चाड ल्होसारलाई उल्लेख गर्दै आफ्नो भनाईको क्रममा “ल्होसार कि सोसार टाइम, टाइममा टुडिखेलमा गरेर एकदमै नराम्रो, दूषित पारदिन्छ, त्यसलाई रोक्नुपर्यो । पोखराको ल्होसार, पोखरामा नै गर्नुस न, किन टुढिखेलमा गर्नुपर्यो ? ल्होसारको नाममा खाली रक्सी खाने, नाँचगान गर्ने’ शब्दहरु अत्यन्त निन्दनीय र गैरजिम्मेवार रहेकोले घोर भर्त्सना गर्ने उल्लेख छ। 

उक्त अभिव्यक्तिले सिंगो तमू (गुरुङ) समुदायलाई फोहोरी रुपमा चित्रित गरेको, साँस्कृतिक चाँडलाई मान्ने कुरामा निषेध गर्नुपर्ने भावना राखेको र गुरुङ जातिको उत्पत्ति, संस्कार, संस्कतिलाई गलत रुपमा व्याख्या गरेकोले स्थानीय सरकारका रुपमा रहेका काठमाण्डौं महानगरपालिकाका सभासद नीज चन्द्रमान तुलाधरको भनाई संविधानले अंगिकार गरेको नेपाल बहुजातिय, बहुधार्मिक, बहुभाषिक तथा बहुसाँस्कृतिक विविधतायुक्त राष्ट्र, यहि विविधतायुक्त बीचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्धभावको संरक्षण र प्रवर्धनका साथै जातीय, भाषिक, धार्मिक विभेदको अन्त्य गरि समानता, समृद्धि र सामाजिक न्यायको सिद्धान्त विपरित रहेको छ । 

नीजको भनाईले नेपालको संविधान–२०७२ ले प्रदत्त गरेको मौलिक अधिकारको रुपमा रहेको स्वतन्त्रताको हक, समानताको हक, छुवाछुत तथा भेदभाव विरुद्धको हक, भाषा तथा संस्कृतिको हकको उल्लङ्घन गरेको छ । तसर्थ, अविलम्ब नीज चन्द्रमान तुलाधरले आफ्नो तुच्छ भनाईप्रति सार्वजनिक रुपमा माफी माग्नुपर्ने, काठमाण्डौं महानगरपालिकाले नीज सभासदलाई सचेत गराउदै, काठमाण्डौं महानगरपालिका सबै प्रकारका जातीहरुको भाषा, संस्कृतिको संरक्षण र प्रर्वद्धन गर्न प्रतिबद्ध रहेको धारणा राख्नुपर्ने परिषद्ले माग गरेको छ । 

यस्तै परिषद्ले मागलाई बेवास्ता गरिएको खण्डमा चरणबद्ध आन्दोलनका कार्यक्रम गर्न वा कानुनी प्रक्रिया अवलम्बन गर्न बाध्य बन्ने समेत विज्ञप्ति मार्फत जानकारी दिएको छ।

images
प्रकाशित मिति :आषाढ ११, २०७९ शनिवार - ०८:३२:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology