Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सर्वनाम शिक्षालयमा यौन दुर्व्यवहार : छात्रालाई बोकेर वार्डेनले सोध्थे–‘कति केजी छौ ?’

सर्वनाम शिक्षालयमा यौन दुर्व्यवहार : छात्रालाई बोकेर वार्डेनले सोध्थे–‘कति केजी छौ ?’

images

इच्छाकामना न्युज

१०, आषाढ २०७९
सर्वनाम शिक्षालयमा यौन दुर्व्यवहार : छात्रालाई बोकेर वार्डेनले सोध्थे–‘कति केजी छौ ?’
images

काठमाण्डौ, १० असार । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ स्थित जोरपाटी बाहुनधारामा रहेको सर्वनाम शिक्षालयका छात्रावास प्रमुख (वार्डेन) रामजी बस्नेत थुनामा छन् । शिक्षालयमा अध्ययनरत ३ जना छात्रामाथि उनले यौन दुर्व्यवहार गरेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापसँगको समन्वयमा प्रहरी वृत बौद्धले बस्नेतलाई जेठ २१ मा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसे घर भएका बस्नेत दुई वर्षदेखि सो स्कुलको छात्रावास प्रमुख थिए ।

उनीविरुद्ध कक्षा ७ मा अध्ययनरत ११ वर्षीया, कक्षा ८ मा अध्ययनरत १२ वर्षीया र कक्षा १० मा अध्ययनरत १४ वर्षीया किशोरीले यौन दुर्व्यवहार गरेको आरोपमा जाहेरी दिएका छन् ।

करिब ६ महिनादेखि वार्डेनले आफ्ना संवेदनशिल अंगहरूमा छुने र सुम्सुम्याउने गरेको किशोरीहरुले प्रहरीलाई बताएका छन् । छात्राहरुले अभिभावकलाई भनेपछि घटना बाहिरिएको थियो ।

होस्टल वार्डेन बस्नेतले छात्रालाई बोक्थे, उचाल्थे । अनि, सोध्थे–कत्ति केजी छौ ?’

बस्नेतलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । उनीविरुद्ध प्रहरीले ‘बाल यौन दुरुपयोग गर्न नहुने कसुर’मा मुद्दा चलाएको छ ।

यसअघि सेन्ट लरेन्स कलेजमा यौन दुव्र्यहार गरेको आरोप लागेका दुईजना शिक्षकलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।

रातोपाटी अनलाईनबाट

images
प्रकाशित मिति :आषाढ १०, २०७९ शुक्रवार - ०८:०३:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology