Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सबै वडाका आधा बजेट एउटै योजनामा खर्चिने गण्डकी गाउँपालिकाकाे तयारी

सबै वडाका आधा बजेट एउटै योजनामा खर्चिने गण्डकी गाउँपालिकाकाे तयारी

न्युज कारखाना

९, आषाढ २०७९
सबै वडाका आधा बजेट एउटै योजनामा खर्चिने गण्डकी गाउँपालिकाकाे तयारी
images

अश्विन दानी, गोरखा, ९ असार । गोरखाको गण्डकी गाउँपालिकाले सबै वडामा विनियोजन हुने रकमको कम्तिमा ५० प्रतिशत बजेट एउटै योजनामा हाल्ने नीति ल्याउने भएको छ । 

images
images

‘एक वडा, एक गौरव योजना’ भन्ने नाराका साथ गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट बाँडफाँट गर्दा सबै वडामा विनियोजित बजेटको कम्तिमा ५० प्रतिशत रकम एउटै योजनामा हाल्ने नीति ल्याउन लागेको हो । 

‘यस बिषयमा गाउँ कार्यपालिकामा छलफल गरेर सहमति जुटिसकेको छ । भोलि नै हामी आगामी वर्षको नीति तथा कार्यक्रम ल्याउँदैछौँ’, गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिनाले भने ।

विगत हप्ता दिनदेखि गाउँपालिकाका नवनिर्वाचित टिम नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि योजना तर्जुमाका लागि छलफल गरिरहेका छन् । यस गाउँपालिकामा ८ वटा वडा छन् । गाउँपालिकाले आगामी आवका लागि प्रत्यक वडाका लागि एक करोड रुपैँया विनियोजन गर्ने तयारी गरेको छ । जसमध्य कम्तिमा ५० लाख एउटै योजनामा हाल्ने नीति यस पालिकाको छ । 

गौरवका योजनामा अहिले तत्काल सडक र खानेपानी जस्ता पूर्वाधारको कामलाई प्राथमिकता दिने उनी बताउँछन् । ‘विगतमा टुक्रे बजेट हाल्ने, नयाँ र कच्ची सडक खन्ने, तर बर्खा लागेपछि हिँड्न पनि नसकिने खालको सडक हुने । तर, अब हामीले सडक पुर्वाधार र स्वच्छ खानेपानीलाई प्राथमिकतामा राखेर टुक्रे बजेटलाई निरुत्साहित गर्दै दीर्घकालीन योजनाहरू अघि बढाएर कम्तिमा पाँच वर्षमा देखिने र जनताले महसुस गर्न सक्ने गरि काम गर्नेछौँ’, अध्यक्ष तिमिल्सिनाले भने ।

अन्य नीति तथा कार्यक्रम पालिका भरका जनताको चाहाना र मनोभावना र आवश्यकताका आधारमा ल्याईने उनले बताए । ‘सबै वडाको समग्रमा विकास भएमात्रै पालिकाको विकास देखिने हो, हाम्रो कार्यकालको सुरुवाती वर्ष भएकाले दीर्घकालीन रणनीतिक योजनाको खाका बनाउन लागेका छौँ’, उनले भने । 

images
प्रकाशित मिति :आषाढ ९, २०७९ बिहिवार - २०:२४:४५ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology