Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नयाँ र्‍याप ब्याटल रियालिटि शो 'ब्याटल भूमि'को घोषणा

नयाँ र्‍याप ब्याटल रियालिटि शो 'ब्याटल भूमि'को घोषणा

images

इच्छाकामना न्युज

९, आषाढ २०७९
नयाँ र्‍याप ब्याटल रियालिटि शो 'ब्याटल भूमि'को घोषणा
images

काठमाडौं, ९ असार । ¥याप रियालिटी शो ‘नेपहपको श्रीपेच’को लोकप्रियता पछि यसको निर्माण समूहले नयाँ ¥याप ब्याटल शो ‘ब्याटल भूमि’ ल्याउने भएको छ । नयाँ शोको घोषणा गर्दै बुधबार बेलुकादेखि डिजिटल अडिसन खुला गरिएको जानकारी दिइएको छ । अडिसन २ जुलाईसम्म हुनेछ ।

आयोजकका अनुसार डिजिटल अडिसनका लागि सहभागीले म्युजिक बिटमा १ मिनेट भन्दा माथिको भिडियो पठाउनु पर्नेछ । सुदिप पोख्रेल र रोशनकुमार श्रेष्ठ कार्यकारी निर्माता रहेका उक्त कार्यक्रम निकेश खड्काले निर्देशन गर्नेछन् ।  शोमा निर्णायकको रूपमा मानस घले, कवि जी रहेका छन् भने नयाँ एक निर्णायकको चाँडै घोषणा गरिनेछ ।

कार्यक्रमको होस्टका रूपमा कोइन्च जी रहेका छन् भने सहनिर्मातामा मनोज सापकोटा छन् । साउनबाट ओेएसआर डिजिटल र डी म्युजिक टेलिभिजनबाट प्रसारण हुने शोको विजेताले पाँच लाख रुपैंयाँसँगै विश्व भ्रमणको अवसर प्राप्त गर्नेछन् 

 

images
प्रकाशित मिति :आषाढ ९, २०७९ बिहिवार - ०९:१७:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology