Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पुष्प खड्का भन्छन्- दयाहाङ दाइले जिम गर्नुपर्छ

पुष्प खड्का भन्छन्- दयाहाङ दाइले जिम गर्नुपर्छ

इच्छाकामना न्युज

८, आषाढ २०७९
पुष्प खड्का भन्छन्- दयाहाङ दाइले जिम गर्नुपर्छ
images

काठमाडौं, ८ असार । अभिनेता पुष्प खड्का बौद्धको एसआई फिटनेसको ब्रान्ड एम्बासेडरमा नियुक्त भएका छन् । एक वर्षअघि सञ्चालनमा आएको यो फिटनेसको पुष्प बुधबार एम्बासडरमा नियुक्त भएका हुन् ।

images
images

‘हिजोआज जिम मेरा लागि नियमित छुटाउनै नहुने काम जस्तै भएको छ । फिल्म ‘एक्स ९’का लागि मैले ७–८ केजी तौल बढाएको थिएँ । तर, अहिले फेरि घटाउनु परेको छ,’ पुष्पले भने ।

पुष्पले अभिनेत्री साम्राज्ञी शाह र अभिनेता सुशील श्रेष्ठको फिगरले आफूलाई आकर्षित गर्ने गरेको खुलाए । ‘जिम गर्नुपर्ने कलाकारमा म दयाहाङ राई दाइलाई देख्छु, उहाँले जिम गर्नुपर्छ’ उनले भने ।

अभिनेता खड्काको क्रेज र जिम प्रतिको लगाव देखेर आफूले ब्रान्ड एम्बासडरमा नियुक्त गरेको एस आई फिटनेशनका सञ्चालक कुमार स्याङ्बोले जानकारी दिए । उनले अहिले फिटनेस सेन्टरमा तीन सय जना नियमित रूपमा जिम गर्न आउने गरेको बताए ।

कुमारले देशभर नै एस आई फिटनेसको शाखा विस्तार गर्ने योजनामा आफू रहेको र चाँडै महाराजगञ्जमा शाखा खोल्न लागेकोसमेत बताए । 

 

images
प्रकाशित मिति :आषाढ ८, २०७९ बुधवार - २१:२७:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology