Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गुरुङ पर्यटन व्यवसायी संघ (जीटीन)को अध्यक्षमा पिताम्बर गुरुङ

गुरुङ पर्यटन व्यवसायी संघ (जीटीन)को अध्यक्षमा पिताम्बर गुरुङ

images

इच्छाकामना न्युज

८, आषाढ २०७९
गुरुङ पर्यटन व्यवसायी संघ (जीटीन)को अध्यक्षमा पिताम्बर गुरुङ
images

काठमाडौं, ८ असार । तमू (गुरुङ) पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) कोे अध्यक्षमा पिताम्बर गुरुङ चयन हुनुभएको छ । मंगलबार सम्पन्न जीटीनको नवौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पिताम्बर गुरुङको अध्यक्षतामा १५ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनले प्रथम उपाध्यक्षमा बाबुराम गुरुङ, द्धितीय उपाध्यक्षमा बिन्दु गुरुङ, महासचिवमा जय गुरुङ, सचिवमा दीलबहादुरु गुरुङ, कोषाध्यक्षमा अविनाश गुरुङ र सहकोषाध्यक्षमा महावीर गुरुङलाई चयन गरेको छ भने सदस्यहरुमा धनबहादुर गुरुङ, अम्बिर गुरुङ, सञ्जिव गुरुङ, सिम्बिर घले, दिलु गुरुङ, रेनु गुरुङ, विकास गुरुङ र सुनिल गुरुङ चयन हुनुभएको छ ।

सो अवसरमा जीटीनका सल्लाहकार तथा नेपाल पर्वतारोहण संघका सचिव टिकाराम गुरुङ ‘डाक्टर हर्क गुरुङ’ पुरस्कारबाट सम्मानित हुनुभयो ।

यसैगरी हेरालो खबर पत्रकार वेद बहादुर गुरुङ्ग (विवेक) र समुनत मासिक पत्रिकका पत्रकार महेश्वर गजृुरेल  जीटीन पत्रकारिता पुरस्कारबाट सम्मानित भए ।

288608944_809555027096276_1424030388066257626_n.jpg

जीटीनले विभिन्न पर्यटकीय संघसंस्थामा निर्वाचित पदाधिकारीहरुलाई खदा लगाई बधाई तथा शुभकामना दिएको छ। पर्यटन क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई प्रमाणपत्रसहित सम्मान गरेको थियो ।

डाक्टर ओम गुरुङको प्रमुख अतिथ्यमा सम्पन्न अधिवेशनमा विभिन्न वत्ताहरुले शुभकामना मन्तब्य राखेका थिए । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, वरिष्ठ पर्यटन व्यवसायी ट्रिपल गुरुङ लगायतले जीटीनको कामको प्रशंसा सहित शुभकामना दिनुभयो ।

जीटीनका निवर्तमान अध्यक्ष अम्बिर गुरुङले जीटीनले गर्दै आएको काम र जीटीनको भूमिकाबारे प्रकास पार्नुभएको थियो । जीटीन मजदूर कोष स्थापना, कोभिड पिडीत मजदूरलाइ राहत वितरण लगायत थुप्रै काम जीटीनले गर्दै आएको छ। आफ्नो कार्यकालमा सम्पन्न गर्न नसकिएका कामहरु नयाँ नेतृत्वले गर्नेमा आफु विश्वस्त रहेको निवर्तमान अध्यक्ष गुरु गुरुङले बताउनुभयो ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तविर लामा, संघका महासचिव तथा जीटीनका संस्थापन अध्यक्ष कुलबहादुर गुरुङ संघका सचिव तथा जीटीनका संस्थापक महासचिव टिकाराम गुरुङले जीटीनको भूमिका र जीटीनले दिएको अवसरको खुलेर चर्चा गर्नुभयो ।

नवनिर्वाचित अध्यक्ष पिताम्बर गुरुङले सबैको सल्लाह र सहकार्यमा नेपाली पर्यटन क्षेत्र र गुरुङ पर्यटन व्यवसायीहरुको हक हितका लागि काम गर्ने बताउनुभयो । सोही अवसरमा डाक्टर टेक गुरुङले गुरुङ जातिको इतिहासबारे आफुले गरेको खोज अनुसन्धानबारे प्रकाश पार्नुभयो । दुइ वर्षे कार्यकालका लागि नेतृत्व चयन गरेको अधिवेशनमा जीटीनका पूर्व अध्यक्ष कमला गुरुङले स्वागत मन्तब्य राख्नुभएको थियो ।

images
प्रकाशित मिति :आषाढ ८, २०७९ बुधवार - ०९:४२:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology