निशु जोशी, नेपालगञ्ज, ७ असार । नेपालगञ्जको बजार र चोकहरूमा ठडिएका सालिकको विषयलाई लिएर विवाद बढ्दै गएको छ । विशेषगरि त्रिभुवन र धम्बोझी चोकमा पूर्वराजाको शालिक राख्ने वा नराख्ने विषयमा विवाद हुने गरेको वरिष्ठ पत्रकार पुर्णलाल चुकेले बताउनुभयो ।
एक दर्जनभन्दा धेरै चोक रहेको नेपालगञ्जमा कसको शालिक राख्ने भन्दै बेलाबखत आन्दोलन हुने गरेको छ । यसले त्यहाँका व्यापार व्यवसायमा प्रभाव पर्ने गरेको नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवि ओलीले बताउनुभयो ।
पछिल्लो समय शालिक राख्ने विषय नागरिकस्तरमा भन्दा पनि निश्चित दल र नेतृत्व तहमा धेरै देखिन्छ ।