Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गोरखा मेमोरियल हस्पिटल छेपेटारले गर्‍यो पालुङटार र सिरानचोकमा निःशुल्क स्वास्थ्य शिविर

गोरखा मेमोरियल हस्पिटल छेपेटारले गर्‍यो पालुङटार र सिरानचोकमा निःशुल्क स्वास्थ्य शिविर

images

इच्छाकामना न्युज

५, आषाढ २०७९
गोरखा मेमोरियल हस्पिटल छेपेटारले गर्‍यो पालुङटार र सिरानचोकमा निःशुल्क स्वास्थ्य शिविर
images

गोरखा, ५ असार । गोरखा नगरपालिका १० छेपेटारमा संचालनमा रहेको गोरखा मेमोरियल हस्पिटलले गोरखाको दुई स्थानमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । 

WhatsApp Image 2022-06-19 at 12.21.27 PM.jpeg

हस्पिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गोरखाको गाउँगाउँमा स्थापनाकालदेखिनै निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आईरहेको छ। सोहि अनुरुप शनिबार गोरखाको पालुङटार १ स्थित भुलभुलेमा र सिरानचोक गाउँपालिकाको ज्ञानज्योती मावि चिप्लेटीमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो।

WhatsApp Image 2022-06-19 at 12.21.11 PM.jpeg

शिविरमा करिब ५०० जनाले निःशुल्क स्वास्थ्य परिक्षण गरी लाभ लिएको हस्पिटलका प्रबन्ध निर्देशक दाउत तामाङले जानकारी दिए। उनका अनुसार शिविरमा हस्पिटलका स्वास्थ्यकर्मीहरुको टोलीले निःशुल्क औषधी वितरण, गर्भवती परीक्षण, रक्त समूह परीक्षण लगायतका परीक्षणहरु गरेको थियो।

त्यस्तै ६० जनाको निःशुल्क भिडियो एक्सरे, ३५ जनाको निःशुल्क इसिजी (मुटुको परीक्षण) र १०० जनाको निःशुल्क सुगर परीक्षण पनि गरिएको थियो।

WhatsApp Image 2022-06-19 at 12.21.25 PM.jpeg

images
प्रकाशित मिति :आषाढ ५, २०७९ आइतवार - २०:२२:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology