Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

स्वास्थ्य

वर्षा सुरु भएसँगै हैजाको जोखिम बढ्यो

वर्षा सुरु भएसँगै हैजाको जोखिम बढ्यो

images

सिआईएन

५, आषाढ २०७९
वर्षा सुरु भएसँगै हैजाको जोखिम बढ्यो
images

अविनाश आचार्य, काठमाडौं, ५ असार । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि पुगेका दुई जनामा हैजाको जिवाणु देखिएपछि काठमाडौंमा रोग फैलने त्रास बढेको छ । गर्मी र वर्षात्को समयमा हैजाको जोखिम अझ बढी हुन्छ । तर खानपानमा ध्यान दिए सामान्य सजगताबाटै जोगिन सकिने चिकित्सकहरु बताउँछन् ।

हैजाको मुख्य कारण हो जथाभावी फालिने फोहोर र प्रदुषित पानी । काठमाडौंमा देखिएको हैजा यसैको उपज हो । मनसुन सकृय बन्दै जाँदा आउने बाढीले पानीका श्रोतहरु प्रदुषित बन्छन् र हैजाको जोखिम पनि बढ्छ । बाढीको प्रभाव तराईमा अझ बढी हुने भएकाले वर्षायाममा स्वच्छ खानेपानीको सङ्कट हुने गर्छ । तर सर्वसाधरणलाई पानीको स्वच्छताबारे त्यती चासो छैन ।

गतवर्ष कपिलबस्तुका विभिन्न स्थानमा हैजाबाट ६ जनाको मृत्यु भयो । १३ सय जना भन्दा बढी विरामी परे । सुरुमा झाडापखला र बान्ताका छिटपुट बिरामी देखिएपनि समयमै सजग नबन्दा नियन्त्रणका लागि खोप अभियान नै चलाउनुप¥यो ।

मुख्यतः फोहोर पानीबाट हैजा फैलने भएकाले यसवर्ष पनि मनसुन सुरु भएपछि यसको जोखिम बढेको विशेषज्ञ डा. भोजराज अधिकारी बताउनुहुन्छ ।

सुरुमा सामान्य झाडापखाला जस्तै लक्षण देखिएपनि तारन्तार पातलो दिसा हुनु र पानी जस्तै बान्ता हुनु हैजाको लक्षण हो । यसले शरीरमा पानीको मात्रा कम गराउँछ र मांशपेशी बाउँडिन थाल्छ । गर्मी र वर्षात्को समयमा पानीको स्रोतमा हैजाको जीवाणु मिसिन पुग्यो भने दूषित पानी र त्यस्तो पानी प्रयोग भएको खानेकुराले मानिसमा यो रोगको सङ्क्रमण हुनसक्छ ।

त्यसैले सबैभन्दा बढी पानी र खाद्यान्नमा सचेत हुनुपर्ने बताउहुन्छ, सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन । विश्व स्वास्थ्य सङ्गठनको एक अध्ययनअनुसार विश्वभर हरेक वर्ष १३ देखि ४० लाख मानिसमा हैजा देखिने गरेको छ । जसमध्य २१ हजारदेखि एक लाख ४३ हजारसम्मको मृत्यु हुन्छ ।

समयमै उपचार नपाउँदा केही घण्टामै ज्यान जानसक्ने हैजा जस्तो सरुवा रोगबाट सामान्य सजगता अपनाए पनि बँच्न सकिने चिकित्सकहरु बताउँछन् । 

images
प्रकाशित मिति :आषाढ ५, २०७९ आइतवार - ०९:२१:१७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology