Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

बाढिपहिरो जोखिम

विभिन्न सडकमा पहिरो, नारायणगढ–मुग्लिन सडकखण्डमा गाडी चल्दै 

विभिन्न सडकमा पहिरो, नारायणगढ–मुग्लिन सडकखण्डमा गाडी चल्दै 

images

इच्छाकामना न्युज

५, आषाढ २०७९
विभिन्न सडकमा पहिरो, नारायणगढ–मुग्लिन सडकखण्डमा गाडी चल्दै 
images

मुग्लिन, ५ असार । गएरातिको वर्षाले मुख्य सडकका ठाउँठाउँमा पहिरो गएको छ। पहिरो गएसँगै सवारी आवागमन रोकिएको छ । प्रहरीका अनुसार पहिरोका कारण हेटौँडा–कुलेखानी–फाखेल सडकखण्ड र खोटाङ, उदयपुर जोड्ने सडक ठप्प भएको छ । हेटौँडा–कुलेखानी–फाखेल सडक खण्ड हेटौँडा–काठमाण्डौ जोड्ने छोटो दूरीको सडक हो ।

यस्तै, मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलान्जोरमा पनि पहिरो जाँदा खोटाङ र उदयपुर जाने आउने गाडी बीच बाटोमै रोकिएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डमा भने बिहानैदेखि चापमा गाडी चलिरहेको छ । राति खसेको पहिरो हटाएपछि बिहानदेखि गाडी गुड्न थालेको हो । तर, दुईतर्फी नै सडक खुलाए पनि गाडीको सङ्ख्या धेरै भएकाले चापमा चलिरहेको मुग्लिनका प्रहरी निरीक्षक सुन्जित तामाङले सीआइएनलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने काली खोलामा ठूलो पहिरो खसेको थियो ।पानी पर्ने बित्तिकै पहिरो जाने भएकाले मुग्लिन–नौबिसे र मुग्लिन–नारायणगढ सडकखण्डको यात्रा जोखिमपूर्ण बन्दै गएको छ ।

images
प्रकाशित मिति :आषाढ ५, २०७९ आइतवार - ०९:१७:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology