Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मौसम

बाढी र पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव 

बाढी र पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव 

images

इच्छाकामना न्युज

५, आषाढ २०७९
बाढी र पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव 
images

चितवन, ५ असार । आज देशका धेरै ठाउँमा पानी पर्ने भएकाले बाढी र पहिरोको जोखिम रहेको छ । विशेषगरी प्रदेश १, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पानी परेसँगै यी प्रदेशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन सबैसँग अनुरोध गरेको छ ।

हाल प्रदेश १, मधेश, बागमती, र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। यसकै कारणले रातिदेखि नै धेरै ठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ । 

images
प्रकाशित मिति :आषाढ ५, २०७९ आइतवार - ०९:१६:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology