Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

विवाह गर्ने उमेर हद घटाउने सरकारको तयारी प्रति सरोकारवालाको विरोध 

विवाह गर्ने उमेर हद घटाउने सरकारको तयारी प्रति सरोकारवालाको विरोध 

images

सिआईएन

४, आषाढ २०७९
विवाह गर्ने उमेर हद घटाउने सरकारको तयारी प्रति सरोकारवालाको विरोध 
images

अविनाश आचार्य, काठमाडौं, ४ असार । २० वर्षे उमेरहद व्यावहारिक नभएको भन्दै सरकारले उमेरहद घटाउन कानुन संशोधनको तयारी गरिरहेको छ । १६ वर्षमा नागरिकता र १८ वर्षमा मताधिकार पाइने भएपछि विवाह गर्न २० वर्ष कुर्नुपर्ने प्रावधान वैज्ञानिक नभएको सरकारको ठहर छ ।

संसद बैठकमा बोल्दै कानुनमन्त्री गोबिन्द बहादुर बन्दीले विवाहका लागि २० वर्षे उमेरहदका कारण अपराध बढेको तर्क गर्नुभयो । तर, सीआईएनसँग कुरा गर्दै समाजशास्त्री विजया विजुक्छेले यस्तो तर्कले समाजलाई सही दिशामा लैजान नसकिने बताउनुभयो ।

विवाहका लागि शारीरिक र मानसिक रुपमा पनि परिपक्क हुनुपर्ने भन्दै उहाँले २० वर्षअघि मानिस कुनैपनि हिसाबले परिपक्क हुन नसक्ने बताउनुभयो । प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा.सुमन ताम्रकारले प्रजनन स्वास्थ्यका हिसाबले पनि २० वर्षमुनिका महिला विवाहका लागि तयार नहुने बताउनुभयो ।

छिमेकी भारतले केही महिनाअघि मात्रै विवाह गर्नका लागि उपयुक्त मानिने महिलाको उमेर १८ वर्षबाट बढाएर २१ वर्ष पु¥याएको छ । पुरुषको उमेर पहिल्यैदेखि २१ वर्ष तोकिएको थियो । चीनमा विवाहका लागि महिला २० र पूरुष २२ वर्ष अनिवार्य पुगेको हुनुपर्छ । नेपालमा उमेर घटाउन लागिएकोमा विरोध भैरहेको छ ।

images
प्रकाशित मिति :आषाढ ४, २०७९ शनिवार - ०९:२७:३० बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology