काठमाण्डौ, ४ असार । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले संघीय समितिको रिक्त पदहरुमा पदपूर्ति गरेको छ । शुक्रबार सम्पन्न फोनिज संघीय सचिवालय बैठकले गण्डकी प्रदेशबाट संघीय सल्लाहकारमा हुमबहादुर गुरुङलाई चयन गरेको छ ।
त्यस्तै गण्डकी प्रदेश इन्चार्जमा एमबी आस्थालाई चयन गरेको छ । बैठकले संघीय समिति सदस्यहरुमा दिल श्रीष मगर, कमला राना (महिला सदस्य) र मिला दराई (अल्पसंख्यक) चयन भएका छन् भने संगठन विभाग सदस्यमा अशिफ गुरुङ लाई जिम्मेवारी तोकेको छ ।
फोनिज सातौं संघीय महाधिवेशन चितवनको सौराहा मा गत चैत ६, ७ र ८ गतेसम्पन्न भएको थियो । फोनिज गण्डकी प्रदेशले निर्वाचनमा सहभागी नहुने निर्णय गरेर बाहिरिएको थियो।
संघीय समितिले गण्डकी प्रदेशसँग समन्वय र छलफल गर्न वरिष्ठ उपाध्यक्ष लक्की चौधरीको संयोजकत्वमा समिति गठन गरेको थियो ।
समितिले गत जेठ २४ गते फोनिज गण्डकीसँग वार्ता गरि कुरो टुङ्याएको थियो ।
