Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ३८ फिल्म

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ३८ फिल्म

images

इच्छाकामना न्युज

३, आषाढ २०७९
नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ३८ फिल्म
images

काठमाडौं, ३ असार । अमेरिकाको मेरिल्याण्ड राज्यमा प्रत्येक वर्ष आयोजना हुँदै आएको ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल–२०२२’ यही २३ देखि २६ जुनसम्म हुने भएको छ । भौतिक र अनलाइन (भर्चुअल) विधिबाट हुने फेस्टिभलमा नेपाल र अमेरिकालगायत विश्वका १२ देशका ३८ वटा फिल्महरु प्रदर्शन हुँदैछन् ।

२३ जुनमा पुरानो ग्रीनबेल्ट थिएटरमा विक्रम सापकोटाद्वारा निर्देशित फिल्म ‘हल्कारा’को भौतिक प्रदर्शनबाट फेस्टिभलको शुभारम्भ हुनेछ । समापन भने जुन २६ मा निर्देशक माइकल ब्राउनको वृत्तचित्र ‘वृक म्युलु’ र एरिक स्पिंकको सर्ट फिल्म ‘द लिप रिडर’बाट हुनेछ ।

भौतिक प्रदर्शनीबाहेक फेस्टिभल अवधिभर स्मार्ट फोन, आइप्याड, कम्प्युटर, ल्यापटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एपमार्फत फिल्महरु हेर्न सकिनेछ । विगतका वर्षहरु जस्तै ग्लोबल पिस फिल्म फेस्टिवलको सहकार्यमा दुईवटा फिल्म प्रदर्शन हुनेछन भने स्थानीय फिल्मकर्मीलाई प्रोत्साहन गर्न डीएमभी (डी, मेरिल्याण्ड, र भर्जिन्या) क्लोज उपप्रदर्शन गरिनेछ ।

प्रदर्शन भएका फिल्मबारे दर्शक र फिल्म निर्माता–निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिने छ । महोत्सवमा यस वर्षको कान्स फिल्म फेस्टिवलमा पुगेका निर्देशक अविनाशविक्रम शाह र अभिनेत्री सुरक्षा पन्तसँग पनि ‘भर्चुअल’ संवाद गरिने छ । प्रतिस्पर्धाका लागि छानिएका उत्कृष्ट फिल्महरुलाई पुरस्कृत पनि गरिनेछ।

फेस्टिभलका लागि ७ जनाको निर्णायक मण्डल घोषणा गरिएको छ । जसमा नेपालबाट अनुप सुबेदी ,अमेरिकाबाट रिबेका बिसमानते, निना स्ट्रिच्क, भवानी राओ, डेब्रा जनसन, फारिड बोजोरमेयर र पोर्सिया कोब छन् ।

 

images
प्रकाशित मिति :आषाढ ३, २०७९ शुक्रवार - १९:४९:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology