एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दैछ । मलेसियामा आजदेखि सुरु प्रतियोगितामा नेपाल र भुटान खेलिरहेका हुन् । यस्तै मलेसिया र सिङ्गापुरबीचको खेल पनि भइरहेको छ ।
यसैगरी आजै दिउँसो पौने १ बजे ओमन र युएइ तथा बहराइन र कुवेत खेल्नेछन् । च्याम्पियनसिपमा १० टोलीको सहभागिता छ । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा पुग्नेछन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।