Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चुरे क्षेत्रको संरक्षणका लागि १२ वर्षमा १० अर्ब खर्च 

चुरे क्षेत्रको संरक्षणका लागि १२ वर्षमा १० अर्ब खर्च 

images

इच्छाकामना न्युज

३, आषाढ २०७९
चुरे क्षेत्रको संरक्षणका लागि १२ वर्षमा १० अर्ब खर्च 
images

उषा तामाङ, काठमाडौं, ३ असार । चुरे क्षेत्रको संरक्षणका लागि अभियान सुरु गरेको १२ वर्ष भए पनि प्रभावकारी काम हुन सकेको छैन । अव्यवस्थित बसोबास, वन अतिक्रमण, वन डढेलो, खुला चरिचरण र नदीजन्य पदार्थको दोहन, भू–क्षय लगायतका कारण चुरे क्षेत्र संवेदनशील बन्दै गएको छ । यसका कारण दैनिक जीवनमा प्रत्यक्ष प्रभाव परिरहेको सर्वसाधारणहरू बताउँछन् ।

चुरे संरक्षणका लागि हालसम्म १० अर्ब रुपैयाँ खर्च भए पनि चुरे क्षेत्रको संरक्षण र त्यस क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवनस्तरबारे कुनै प्रगति नभएको उदयपुरका कुशलबाबू बस्नेतले गुनासो गर्नुभयो । नेपालको ३७ जिल्लामा फैलिएको चुरे क्षेत्रको संरक्षणका लागि आठ वर्ष अघि गठन भएको राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले काम गरिरहेको छ ।

तराई मधेस संरक्षण तथा व्यवस्थापन गुरुयोजना २०७४ मा २० वर्षका लागि चुरे क्षेत्रको सर्वाङ्गीण विकासका लागि अढाई खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । तर पर्याप्त बजेट विनियोजन नहुँदा चुरे संरक्षणको काम प्रभावकारी नभएको चुरे–तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष अध्यक्ष डा.किरण पौडेलले बताउनुभयो । चुरे क्षेत्रमा आगामी पाँच वर्षमा कम्तिमा २ करोड रुख र फलफूलका विरुवा रोप्ने समितिको लक्ष्य छ ।

images
प्रकाशित मिति :आषाढ ३, २०७९ शुक्रवार - ०९:४६:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology