Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

जथाभावी बाटो खन्दा पहिरोका घटना बढे 

जथाभावी बाटो खन्दा पहिरोका घटना बढे 

images

सिआईएन

३, आषाढ २०७९
जथाभावी बाटो खन्दा पहिरोका घटना बढे 
images

सजना तिमल्सिना, काठमाडौँ, ३ असार । प्राकृतिक विपद्का घटनामध्ये पहिरोका कारण हुने जनधनको क्षति बढेको सरकारी तथ्याङ्कले देखाएको छ । पछिल्लो ११ वर्षमा मनसुनमा मात्रै दुई हजार चार सय ६५ वटा पहिरोका घटनाहुँदा एक हजार तीन सय ८७ जनाको मृत्यु भएको छ भने तीन सय ३० जनाको अवस्था अझै थाहा हुन सकेको छैन ।

बाढी र डुबानको घटनामा कमि आएपनि पहिरोको घटना बढेका छन् । गृह मन्त्रालयका अनुसार गत शुक्रबार यता मात्रै पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ भने यही अवधिमा आठ परिवार घर छोड्न बाध्य भएका छन् । गएको११ वर्षको अवधिमा मनसुनमा मात्रै पहिरोका दुई हजार चार सय ६५ वटा घटना भएको गृह मन्त्रालय अन्तर्गतको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोईरालाले बताउनुभयो ।

स्थानीय तहले बढी प्राथमिकता दिएका कारण पनि अहिले गाउँगाउँमा सडक पुगे पनि भौगोलिक अध्ययन भने फितलो देखिन्छ । वातावरणीय प्रभाव मूल्याङ्कनबिना सडक खन्दा पहिरोसँगै दुर्घटना बढिरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिभिल इन्जिनियर केशवकुमार शर्माले बताउनुभयो ।

जथाभावी सडक खन्दा पहिरोको जोखिम बढेको सरकारी अधिकारीहरू नै स्वीर्काछन् । तर यसलाई रोक्न नीतिगत निर्णय भने हुन सकेको छैन । पूर्वाधार विज्ञ किशोर थापाले जथाभावी सडक खन्ने प्रवृत्ति तत्काल रोक्नुपर्ने बताउनुभयो ।

अव्यवस्थित सहरीकरण, जथाभावी सडक निर्माण, अवैज्ञानिक भू–उपयोग, रोडा, बालुवा, ढुङ्गालगायतका प्राकृतिक स्रोतको अनियन्त्रित दोहनकैकारणले पहाडी भू–भागमा पहिरोका घटना बढ्दो छ । त्यसलाई कम गर्न संरचना निर्माणमा दक्ष प्राविधिक संलग्नता आवश्यक हुने विज्ञहरू बताउँछन् । 

images
प्रकाशित मिति :आषाढ ३, २०७९ शुक्रवार - ०९:४१:१८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology