Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

बेलायतमा ‘कप्टी’को विशेष प्रदर्शन हुने

बेलायतमा ‘कप्टी’को विशेष प्रदर्शन हुने

images

इच्छाकामना न्युज

२, आषाढ २०७९
बेलायतमा ‘कप्टी’को विशेष प्रदर्शन हुने
images

काठमाडौं, २ असार । निर्देशक भुपेन्द्र गुरुङको फिल्म ‘कप्टी’को बेलायतमा विशेष प्रदर्शन हुने भएको छ । फिल्म १९ जुनमा सामुएल कोडी स्पोर्ट्स कलेज भेलेन्टाइन रोड फर्नबरो जि यु फोटिन एट एस एन मा प्रदर्शन हुन लागेको हो ।

भ्याली फिल्म एकेडमीको ब्यानरमा बनेको फिल्मको विशेष प्रदर्शनको आयोजना डाँडाथोक युरी परिवारले गर्न लागेको हो । फिल्ममा शेरबहादुर गुरुङ, उर्मिला गुरुङ, उमेश गुरुङ, स्मृति बलामी, गिरीप्रसाद पुन ‘लाहुरे दाइ’, केशव राई, सोनी गुरुङलगायतका कलाकारको अभिनय छ ।

फिल्मको छायांकन सोलुखुम्बुको जुबु, मैदेल गाउँ, गोकियो रि, कालिन्चोक, लमजुङको डाँडाथोक गाउँ र इलाममा छायांकन गरिएको छ ।

फिल्ममा मदनकाश्यप घिमिरेको छायांकन, बन्दे प्रसादको सम्पादन, समिर मियाको कलर र भी एफ एक्स, आश्रम गुरुङको शब्द, संगीत, मोहनकुमार खत्री, प्रेमबहादुर गुरुङ, मिनु लामा र अमेरिका निवासी मनिता गुरुङको निर्माण र नातीकाजी गुरुङको सह–निर्माण छ ।

 

images
प्रकाशित मिति :आषाढ २, २०७९ बिहिवार - २१:२३:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology