Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सक्रियको 'अलिअलि तिमीसँग...’मा पूजा गिरी ( भिडियो )

सक्रियको 'अलिअलि तिमीसँग...’मा पूजा गिरी ( भिडियो )

images

इच्छाकामना न्युज

३०, जेठ २०७९
सक्रियको 'अलिअलि तिमीसँग...’मा पूजा गिरी ( भिडियो )
images
काठमाडौं । आफ्नो गायन क्षमताले स्रोताको मन जित्न सफल गायक सजल न्यौपाने र लोकप्रिय गायिका प्रविशा अधिकारीको सुमधुर स्वरमा सजिएको 'अलिअलि तिमीसँग’ बोलको  म्युजिक भिडियो  सार्वजनिक भएको छ । यस गीतमा युवा गीतकार सक्रिय श्रेष्ठको शब्द रहेको छ भने स्वयम गायक न्यौपानेको नै संगीत रहेको छ। गीतमा  रिदम कँडेलको संगीत संयोजन रहेको छ।  
 
म्युजिक भिडियोमा  नायक आकाश श्रेष्ठ र पूजा गिरी बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। बुद्ध थापाले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । 'सक्रिय क्रियशन' नामक युटुयुव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।  यसअघि गीतकार श्रेष्ठको शब्दमा रहेको ' कुरा नगरेकै जाती', 'सपनाको रंग ' बोलको भिडियोहरु सार्वजनिक भैसकेका छन्। भिडियोले दर्शक स्रोताबाट सकारत्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।

भिडियो लिंक:

images
प्रकाशित मिति :जेठ ३०, २०७९ सोमवार - १९:५१:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology