Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

२१ महिनाको बच्चा काखमा च्यापेर न्याय माग्दै अनशनमा कुमारी आमा

२१ महिनाको बच्चा काखमा च्यापेर न्याय माग्दै अनशनमा कुमारी आमा

images

इच्छाकामना न्युज

२९, जेठ २०७९
२१ महिनाको बच्चा काखमा च्यापेर न्याय माग्दै अनशनमा कुमारी आमा
images

काठमाडौं, २९ जेठ । काखमा सानो बच्चा च्यापेर साढे दुई वर्षदेखि धनुषाकी निहारिका राजपुत न्याय गुहारिरहेकी छिन्। ०७६ साल कार्तिकमा आफूलाई साथीकै दाइले बलात्कार गरेको उनको आरोप छ।

मलाई मेरै साथीले सँगै पढौं भनेर बोलाएपछि म पुगेकी थिएँ। उसको दाइले पटकपटक मनपराउँछु भन्दा पनि रेस्पोन्स गरेकी थिइनँ। तर मलाई त्यहीबेला खानेकुरमा नशालु पदार्थ पिलाएर बलात्कार गरियो, निहारिकाले भनेकी छिन्। निहारिकाका अुनसार त्यसबेला उनी कक्षा ११ मा पढ्थिन्, जम्मा १७ वर्षकी थिइन्।

त्यसको एक महिनापछि गर्भवती भएको थाहा पाएकी उनी निरन्तर न्यायका लागि भौतारिरहेकी छिन्। धेरैले बच्चा फाल्न सुझाव दिँदा पनि उनले मानिनन्, एक्लै हुर्काइरहेकी छिन्। तर, कोठा भाडा तिर्न पनि सकस भइरहेको छ।

न्यायका लागि उनी प्रहरीहुँदै अदालतसम्म त पुगिन् तर जिल्ला अदालत धनुषाले आरोपीलाई सफाइ दियो। त्यसपछि उनी न्याय खोज्दै काठमाडौंमा छिन्। महिला आयोगले पनि असहयोग गरेको उनको आरोप छ।

जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत धनुषामा पुनरावेदन दिएकी उनले चार महिना बितिसक्दा पनि अदालतले पेसी नतोकेपछि निराश छिन्। त्यसैले यो त हद भयो भन्दै शुक्रबारबाट उनले न्यायको मागसहित आमरण अनशन नै सुरु गरेकी छिन्।

पहिलो दिन काठमाडौंको माइतीघरमा २१ महिनाको बच्चासहित अनशनमा बसेकी थिइन्। तर, रात परेपछि प्रहरीले उनलाई बलजफ्ती त्यहाँबाट उठायो। तैपनि उनी डराइनन्। प्रहरीले माइतिघरबाट हटाएपछि दोश्रो दिन बसन्तपुरमा उनले अनशन जारी राखेकी छिन्।

images
प्रकाशित मिति :जेठ २९, २०७९ आइतवार - ०९:४३:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology