Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

वासु शशीको नयाँ कृति सार्वजनिक

वासु शशीको नयाँ कृति सार्वजनिक

इच्छाकामना न्युज

२९, जेठ २०७९
वासु शशीको नयाँ कृति सार्वजनिक

काठमाडौं, २९ जेठ । कवि वासु शशीको प्रतिनिधी कविताहरुको संग्रह ‘पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ सार्वजनिक भएको छ । वासु शशीकी धर्मपत्नी श्रीमती जुलुम बैद्य, यादव खरेल, कालीप्रसाद रिजाल, गणेश रसिक, मोमिला जोशी र राजकुमार बानियाँले राजधानीमा कृतिको लोकार्पण गरे ।

images

वासु शशी स्मृति परिषदद्वारा आयोजना गरिएको कार्यक्रममा गीतकार रिजालले शशी कविता सिर्जना बिना बाँच्नै नसक्ने प्रतिभा भएको बताए । उनले शशी आफै कविता भएको चर्चा गर्दै शशीले मान्छेका पक्षमा कविता लेखेको दाबी गरे ।

फिल्मकर्मी खरेलले नेपाली कविता साहित्यमा शशीले अतुलनीय योगदान गरेको बताए । उनले शशीको जीवनशैलीको चर्चा गर्दै शशी अत्यन्तै सरल मानिस भएको जनाए । परिषदका अध्यक्ष गणेश रसिकले शशीको साहित्यिक योगदानको चर्चा गर्दै शशीका नाममा परिषदबाट प्रदान गरिने पुरस्कार तथा सम्मान ठूलो गौरवको विषय  भएको बताए ।

साहित्यकार मोमिला जोशीले सबै कविले रचना गरेका सबै कविता उत्कृष्ट नहुने भन्दै शशीका हरेक कविता उत्कृष्ट हुने गरेको खुलाइन् । कृतिका सम्पादक राजकुमार बानियाँले शशाीका कविताले सिंगो समय बोक्ने बताए । शशीका कविता कालजयी भएको बताउँदै बानियाँले शशी सम्पूर्ण कवि भएको जिकिर गरे ।

परिषदका सचिव प्रधुम्न जोशीले शशीले कविताका लागि आफ्नो जीवन समर्पण गरेको उल्लेख गर्दै शशी मसी नभए रगतले कविता लेख्ने अठोट गर्ने कवि भएको उल्लेख गरे । पुस्तक प्रकाशन संस्था बुक–हिल पब्लिकेसनका कवि एवं गीतकार भूपेन्द्र खड्काले अग्रज स्रष्टाहरुका पुराना सिर्जनाहरु खोजेर प्रकाशन गर्नु संस्थाको दायित्व भएको बताए ।

images
प्रकाशित मिति :जेठ २९, २०७९ आइतवार - ०९:२८:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology