Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लेवाटारमा ट्याङ्करले मोटरसाइकललाइ ठक्कर दिदा सहिदलखनका सन्तोष चेपाङको मृत्यु

लेवाटारमा ट्याङ्करले मोटरसाइकललाइ ठक्कर दिदा सहिदलखनका सन्तोष चेपाङको मृत्यु

इच्छाकामना न्युज

२४, जेठ २०७९
लेवाटारमा ट्याङ्करले मोटरसाइकललाइ ठक्कर दिदा सहिदलखनका सन्तोष चेपाङको मृत्यु
images

भरतपुर । मंगलबार बेलुकी ६ः४५ बजेको समयमा चितवनको इच्छाकामना गाउँपालिका वडा नं-४, रमाइलो डाँडास्थित पृथ्वी राजमार्गमा कारसँग मोटरसाइकल र ट्याङ्कर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक गोर्खाको शहीद लखन गाउँपालिका वडा नं ४ का २३ वर्षीय सन्तोष चेपाङको घटनास्थलमै मृत्यु भएको हो । शवलाई पोस्टमार्टमको लागि भरतपुर अस्पतालतर्फ पठाइएको प्रहरीले जनाएको छ । काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२३ च ५०७४ नं को कारलाई सोही दिशाबाट आउँदै गरेको बा ७५ प ६११६ नं को मोटरसाइकलले ओभरटेक गर्ने क्रममा कारको पछाडीपट्टिको साइड लाइटमा ठक्कर खाई विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख १३७१ नं को तेल ट्याङ्करमा ठक्कर खाँदा मोटरसाइकल चालक चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाको खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय मुग्लिन र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले अवरुद्ध सडक बेलुकी ८ः५० बजेदेखि खुला गरेको हो । दुर्घटनापश्चात करिब १५० जना स्थानीयले सडक अवरुद्ध गरेका थिए । प्रहरीले ठक्कर दिने ट्याङ्कर, ट्याङ्करका चालक, कार र कारका चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

images
images

images
प्रकाशित मिति :जेठ २४, २०७९ मंगलवार - २२:००:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology