Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

यौन हिंसाको कानुन बनाउँदा पुरुष पनि पीडित छन् भन्ने भुल्नु हुँदैन : गंगा चौधरी

यौन हिंसाको कानुन बनाउँदा पुरुष पनि पीडित छन् भन्ने भुल्नु हुँदैन : गंगा चौधरी

images

इच्छाकामना न्युज

२३, जेठ २०७९
यौन हिंसाको कानुन बनाउँदा पुरुष पनि पीडित छन् भन्ने भुल्नु हुँदैन : गंगा चौधरी
images

काठमाडौं, २३ जेठ । सांसदहरूले यौन हिंसा घटनामा दोषी उम्कन नहुने र निर्दाेषले सजाय भोग्ने अवस्था सृजना नहुने गरी कानुन बनाउनुपर्ने बताएका छन् । 

आइतबार प्रतिनिधिसभाको बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथिको छलफलमा सहभागी भएका सांसदहरुले पीडक उम्कन नपाउने गरी हदम्याद राखिनुपर्ने र पुरुष पनि पीडित बनेका घटनालाई मध्यनजर गरेर कानुन बनाउनुपर्ने सुझाव दिएका हुन् । 

यसैक्रममा गंगा चौधरीले महिला वा पुरुष जोसुकै दोषी भए पनि कारबाही हुने गरी कानुन बनाउनुपर्ने बताइन् । पुरुषका लागि पनि सांसलले आजाज उठाउनु पर्ने बताएकी उनले महिलाको मात्र होइन पुरुषको पीडाको लागि पनि कानुन बोल्नुपर्ने बताइन् । 

पुरुषको पक्षमा पनि कानुन संशोधन गर्नुपर्ने बताएकी उनले भनिन्, ‘पुरुष पनि पीडित छन् भन्ने कुरा भुल्नु हुँदैन ।’ 

निर्देष पुरुष नफस्ने गरी कुन कुन अवस्थाका लागि हदम्याद राख्ने भन्ने विषयमा ख्याल गर्नुपर्ने बताएकी उनले बलात्कारका सबै घटनाका लागि हदम्याद राख्न नहुने बताइन् । 

मन मिलेसम्म लभ र नमिले बलात्कारको आरोप लगाएर जेल हालेको सदनमै पूर्वसभामुखको घटना हेरेको भन्दै उनले भनिन्, ‘मन मिलेसम्म ’लभ’ र नमिलेपछि ’रेप’को संज्ञा दिने ? सम्मानित सदनमा बसेका पूर्वसभामुखको घटना पनि हेरेका छौं । बलात्कारको संज्ञा दिएर ६ महिना जेल कोचियो । यो कुरा हामीले भुल्नु हुँदैन ।’ 

आफूलाई महिलाको विरुद्धमा बोलेको आरोप नलगाउनन आग्रह गर्दै उनले आफू सांसद रहेको र देशका लागि कानुन बनाउँदा सबै पक्षको ख्याल गरिनुपर्ने बताइन् ।

images
प्रकाशित मिति :जेठ २३, २०७९ सोमवार - १८:४३:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology