Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सर्लाहीमा १३ केजी गाँजासहित किशोरी पक्राउ

सर्लाहीमा १३ केजी गाँजासहित किशोरी पक्राउ

images

इच्छाकामना न्युज

२३, जेठ २०७९
सर्लाहीमा १३ केजी गाँजासहित किशोरी पक्राउ
images

सर्लाही, २३ जेठ । सर्लाहीको मलंगवा नगरपालिका–९ बाट करिब १३ केजी अवैध लागूऔषध गाँजासहित एक जना किशोरीलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सोही नगरपालिका–९ बस्ने १८ वर्षीया किशोरी छन् । उनलाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

टाउँकोमा बाँसको ढाकीमा सामान बोकी मलंगवाबाट भारतको सोनवर्षातर्फ गईरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको गस्ती टोलीले उनलाई पक्राउ गरेको हो । 

प्रहरीलाई देख्नासाथ बोकेको ढाकी खेतमा घोप्टयाई भागेकी उनलाई सोही नगरपालिका–९ बस्ने धनराज साहको घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको थियो । 

उनले फालेको ढाकी तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो ।

images
प्रकाशित मिति :जेठ २३, २०७९ सोमवार - १८:३९:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology