Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा २५ जनाको मृत्यु 

भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा २५ जनाको मृत्यु 

एजेन्सी

२३, जेठ २०७९
भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा २५ जनाको मृत्यु 
images

भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । मध्यप्रदेशबाट उत्तराखण्डको उत्तरकाशी जाँदै गरेको बस हिजो साँझ दुर्घटनामा परेको हो । दुर्घटनामा सवार ३० जना श्रद्धालुमध्ये २५ जनाको शव निकालिएको र अन्य ५ जना घाइते भएका छन् ।

images
images

भारतीय सञ्चार माध्यमहरूका अनुसार उत्तरकाशीको यमुनोत्री दर्शनका लागि जाँदै गरेको बस यमुनोत्री नेशनल हाइवेमा भएको थियो । दुर्घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै राहतको घोषणा गर्नुभएको छ ।

उहाँले दुर्घटनामा परी मृत्यु भएकाहरूको परिवारलाई २ लाखका दरले र घाइते भएकाहरूलाई ५० हजारका दरले उपलब्ध गराइने घोषणा गर्नुभएको हो ।

images
प्रकाशित मिति :जेठ २३, २०७९ सोमवार - ०९:२८:२८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology