Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

पानीका स्रोत संरक्षणमा विज्ञहरूको जोड 

पानीका स्रोत संरक्षणमा विज्ञहरूको जोड 

images

सिआईएन

२३, जेठ २०७९
पानीका स्रोत संरक्षणमा विज्ञहरूको जोड 
images

सजना तिमल्सिना, काठमाडौं, २३ जेठ । सरकारको तथ्याङ्क अनुसार ९३ प्रतिशत नेपाली नागरिक स्वच्छ खानेपानी पहुँचमा छन् । बाँकी ७ प्रतिशत नागरिकलाई खानेपानी पु¥याउन बजेटमै सरकारले, ‘एक घर, एक धारा अभियान’ चलाउने घोषणा गरेको छ । तर, विज्ञहरू भने पानीका मुहानका सुरक्षाका लागि वातावरण संरक्षणमा जोड दिन्छन् ।

सरकारले तयार पारेको पछिल्लो तथ्याङ्क अनुसार ७ प्रतिशत नागरिक अझै पनि स्वच्छ पिउने पानीको पहुँचमा छैनन् । तर, पानीको पहुँच पुगेको भनिएका कतिपयको घरमा धारा जोडिएको छैन । धारा पुगेको घरमा पनि पानी पुग्ने समयको टुङ्गो नहुँदा कामकाजी महिलालाई समस्या हुने गरेको छ । काठमाडौं उपत्यकाको लागि मात्रै दैनिक ४५ देखि ५० करोड लिटर पानी आवश्यक पर्छ । तर, त्यो आवश्यकता तत्काल पूरा हुने अवस्था छैन ।

त्यसैले आकासे पानीको सङ्कलनका कार्यक्रममा सरकारले जोड दिनुपर्ने गुठी संस्थानका प्राविधिक सल्लाहकार प्रकाश अमात्यको भनाइ छ । पानीका स्रोतको पहिचानका लागि समेत सरकारले आगामी आर्थिक वर्षको बजेटमा खानेपानीका लागि ३७ अर्बभन्दा धेरै बजेट छुट्टाएको छ ।

स्रोतको पहिचानमा मात्रै नभएर सुरक्षामा पनि सरकारले ध्यान दिनुपर्ने अभियन्ता सुशील श्रेष्ठले बताउनुभयो । दिगो विकासको लक्ष्य अनुसार सन् २०३० सम्म सबैका निम्ति सुरक्षित र बेहोर्न सकिने खानेपानीको सर्वव्यापी अनि समानतामूलक पहुँच पु¥याउनुपर्छ । सन् १९९० मा ४६ प्रतिशत घरधुरीसँग खानेपानीको सुविधाथियो ।

हाल यो दर ९३ प्रतिशतसम्म पुगेको छ । तर, खानेपानीको सुविधा पु¥याउन बनाइएका योजनाको संरक्षण र नागरिकलाई दिइएको सुविधा भने निरन्तर नभएको गुनासो नागरिकस्तरबाट आउन छोडेको छैन । 

images
प्रकाशित मिति :जेठ २३, २०७९ सोमवार - ०९:२२:५८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology