Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

भैरहवा बस दुर्घटना: एक महिलासहित ९ जनाको मृत्यु

भैरहवा बस दुर्घटना: एक महिलासहित ९ जनाको मृत्यु

images

इच्छाकामना न्युज

२२, जेठ २०७९
भैरहवा बस दुर्घटना: एक महिलासहित ९ जनाको मृत्यु
images

मोहम्मद हबिब, भैरहवा, २२ जेठ । रुपन्देहीको रोहिणी खोलामा बस पल्टिदा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक महिलासहित ९ जनाको मृत्यु भएको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए । यात्रुमध्ये ४ जनाको भिम अस्पतलामा र ५ जना युसिएमएस मेडिकलमा मृत्यु भएको छ । बसमा दुई बच्चा  र ६ जना महिलासहित ३४ जना सवार थिए । 

जनकपुरबाट भैरहवा आउदै गरेको यात्रु वाहक बस भैरहवा–परासी सडक खण्ड रोहिणी ४ मा आज बिहान करिब साढे ४ बजे खोलामा बस खसेको थियोे । सवार यात्रुमध्ये घाइते  चालक, सहचालकसहित सबैको भैरहवास्थित भिम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये अझै केहीको अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।  

DSC04703.JPG.jpg

चालक सुमन क्षेत्रीका अनुसार पुलमा अगाडिबाट सानो गाडी आएर लाइटसँग झुक्किएपछि गाडी अन्यिन्त्रित भएको हो । 'पुलमा खाल्डो पनि भएकोले जोगाउन खोज्दा बस आफ्नो साइडबाट गलत साइडमा गएको हो', चालक क्षेत्रीले भने । 

लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ्ग तोड्दै खोलामा खसेको थियो । घाेप्टाे अवस्थामा बस भेटिएपछि नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले उद्वार गर्दैै यात्रुहरुलाई अस्पताल पठाएको छ । बसलाई सुल्टो पारेर राखिएकाे छ । 

DSC04707.JPG.jpg

मृतक मध्ये ओमसतिया–४ का अन्दाजी ६० वर्षिय राजेन्द्र्र पाण्डे, बुटवल ११ का ४५ वर्षिय कृष्ण बस्याल र तिलोत्तमा योगिकुटीका ५६ वर्षिय निष्णु पौडेलेको मात्रै सनाखत भएको छ । मृतकको पहिचान बारे थप अपडेट आउन बाँकी रहेको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए । चालक क्षेत्री र सहचालक तुलसीराम चौधरीको अवस्था खतरामुक्त  छ ।

दुर्घटनामा परेको बस पश्चिम नेपाल वस व्यवसायीको नियमित रुटको बस हो । 

 

images
प्रकाशित मिति :जेठ २२, २०७९ आइतवार - ०९:०९:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology