Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

धम्बोझी माविमा प्रवेश परीक्षा लिएर मात्र विद्यार्थी भर्ना लिइने

धम्बोझी माविमा प्रवेश परीक्षा लिएर मात्र विद्यार्थी भर्ना लिइने

images

इच्छाकामना न्युज

२१, जेठ २०७९
धम्बोझी माविमा प्रवेश परीक्षा लिएर मात्र विद्यार्थी भर्ना लिइने
images

रुद्र सुवेदी, नेपालगञ्ज, २१ जेठ । बाँकेको नेपालगञ्ज–१ धम्बोझीमा सञ्चालनमा रहेको सामुदायिक विद्यालय धम्बोझी माध्यमिक विद्यालयमा विद्यार्थीको अधिक चापका कारण विद्यार्थी भर्नामा प्रवेश परीक्षा लिनु परेको विद्यालय प्रशासनले जनाएको छ ।

प्राविधिक धारको कक्षा ९–१२ को कम्प्युटर इन्जिनियरिङ कक्षासमेत सञ्चालन गर्दै आएको धम्बोझी माविले शिशु कक्षादेखि १० सम्म विद्यार्थी भर्नाको लागि प्रवेश परीक्षा लिने गरेको विद्यालयका प्रधानाध्यापक बामदेव सुवेदीले जानकारी दिए ।

विद्यालयमा सीमित दरबन्दी र भौतिक पूर्वाधारको कमीका कारण सामुदायिक विद्यालय भए पनि भर्ना हुन आउने विद्यार्थीलाई सिधै भर्ना लिन नसकिएको विद्यालयका प्रधानाध्यापक सुवेदीले बताए । विद्यार्थीको चाप अनुसारको कक्षा कोठासँगै बस्ने डेस्क बेन्च अभावका कारण विद्यालयमा आउने सबैलाई भर्ना गर्न नसकिएको उनको भनाई छ ।

'विद्यार्थी चाप अनुसारको शिक्षक दरबन्दी, कक्षा कोठा, फर्निचर अभावका कारण विद्यालयमा भर्ना हुनआउने सबै विद्यार्थीलाई भर्ना गर्ने अवस्था छैन । अभिभावक आफ्ना बालबालिकाले किन भर्ना हुन नपाउने भनेर वादविवादमा उत्रने पनि गर्नुहुन्छ विद्यालयको भौतिकपूर्वाधारको कमी र अन्य समस्याले गर्दा भर्ना लिन नसकेको भन्दै फर्काउँदा हामी पनि दुखी छौं,' उनले भने ।

सामुदायिक विद्यालयमा भर्ना हुन आउने विद्यार्थी र तिनका अभिभावकलाई भर्ना गर्नको लागि ठाउँ छैन भनेर फर्काउनु पर्दा आफैलाई नमज्जा लाग्ने तर, विद्यालयमा भौतिक पूर्वाधारको कमीको कारण फर्काउन पर्ने आफूहरूको बाध्यता रहेको उनले बताए । विद्यालयले थप भर्ना लिनलाई रोक लगाएको छ । 

विद्यालयमा प्राविधिक धारको कम्प्युटर इन्जिनियरिङ्ग सञ्चालन गरेको छ । कक्षा ९–१२ को लागि विद्यालयले प्राविधिक धारको कक्षा ९ बाटै  ४८ सिटका लागि प्रवेश परीक्षा सञ्चालन गरेर विद्यार्थी भर्ना गर्ने गरिएको छ । सो का लागि शनिबार लिएको प्रवेश परीक्षामा ७३ जना विद्यार्थीले सहभागिता जनाएको विद्यालयका सहायक प्रधानाध्यापक पूर्णबहादुर शाहीले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीलाराज उपाध्यायले विद्यालयमा विद्यार्थीको चाप अत्यधिक बढेपछि भर्ना लिनको लागि प्रवेश परीक्षा लिएर मात्र भर्ना लिने रणनीति बनाइएको जानकारी दिए । उनले विद्यालयको भौतिक संरचना खासगरी कक्षा कोठा र फर्निचरको अभावको कारण सबै विद्यार्थीलाई अर्नालिन असहज भएको बताए ।

नेपालगञ्जको धम्बोझीमा रहेको धम्बोझी माविमा बालविकास केन्द्रदेखि १२ सम्म २ हजार ७ सय ३७ विद्यार्थी चालु शैक्षिक सत्रका लागि भर्ना भएका छन् । विद्यालयले दिएको जानकारी अनुसार बालविकास केन्द्रमा १ सय ११, कक्षा १ मा १ सय २३, कक्षा २ मा १ सय १४, कक्षा ३ मा १ सय १२, कक्षा ४ मा १ सय ४५, कक्षा ५ मा १ सय ३१, कक्षा ६ मा १ सय ८९, कक्षा ७ मा २ सय ३७, कक्षा ८ मा २ सय ८, कक्षा ९ मा २ सय ७३, कक्षा १०मा २ सय ३८, कक्ष ११ मा ४ सय ८० कक्षा १२ मा ३ सय ७६ जना भर्ना भएका छन् ।

 नेपालगञ्ज उपमहानगरका सबै सामुदायिक माविहरूमा भन्दा धम्बोझी माविमा विद्यार्थीको चाप अधिक भएकोले विद्यालय दुई सिफ्टमा सञ्चालन गर्नु परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपाध्याय बताउँछन् । उनले विद्यालयको शिक्षक दरबन्दी, कक्षा कोठा र फर्निचर थप हुन सके थप विद्यार्थी भर्ना लिन सकिने बताए ।

images
प्रकाशित मिति :जेठ २१, २०७९ शनिवार - २०:२९:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology