Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

जनप्रतिनिधिहरूको सम्मान कार्यक्रममा दलित महिला प्रमुख अतिथि, उनैलाई पहिलो सम्मान

जनप्रतिनिधिहरूको सम्मान कार्यक्रममा दलित महिला प्रमुख अतिथि, उनैलाई पहिलो सम्मान

images

इच्छाकामना न्युज

२१, जेठ २०७९
जनप्रतिनिधिहरूको सम्मान कार्यक्रममा दलित महिला प्रमुख अतिथि, उनैलाई पहिलो सम्मान
images

सुधा देव, सप्तरी, २० जेठ । सप्तरीका गाउँपालिका, नगरपालिकाका प्रमुख उपप्रमुखलाई सम्मान गर्ने कार्यक्रम शनिबार आयोजना गरिएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि दलित महिला ज्ञानीदेवी सरदार रहेकी थिइन् । उनले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरिन् ।

सामुदायिक महिला विकास केन्द्र स्वडेकले स्थानीय तहको निर्वाचन २०७९ मा सप्तरी जिल्लामा निर्वाचित पालिकाका प्रमुख तथा उपप्रमुखको शनिबार सम्मान गरेको कार्यक्रममा जनप्रतिनिधिभन्दा पहिले दलित प्रमुख अतिथिले सम्मान पाएकी थिइन् ।

२८ वर्षदेखि महिला सशक्तीकरण र आत्मनिर्भरका लागि निरन्तर काम गर्दै आएको स्वडेकले नव निर्वाचित जनप्रतिनिधिको मनोबल वृद्धिका लागि सम्मान गरेको संस्थापक अध्यक्ष इन्द्रनारायण देवले बताए ।

'एक शब्द बोल्न नसक्ने, पाँच रुपैयाँ निकाल्न नसक्ने महिला स्वडेकले लगानी गरेको ऋणबाट अहिले आत्मनिर्भर बनेका छन् । यो हाम्रा लागि खुसी र सफलताको कुरा हो,' उनी भन्छिन् ।

संस्थामा ३ लाख ३० हजार महिला आबद्ध रहेका छन् । शम्भुनाथ नगरपालिकाका नगर प्रमुख जितेन्द्र गुप्ताले आर्थिक वृद्धिका लागि यस्ता संस्थाले पिलरको भूमिका खेल्दै आएको बताए ।

समाजलाई सुसूचित गर्न वित्तीय संस्थाको महत्त्वपूर्ण भूमिका रहेको सप्तकोसी गाउँपालिकाको प्रमुख कृष्ण ढकाल बताउँछन् । विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश यादवले भ्रष्टाचार अन्त्य नभएसम्म कुनै पनि ठाउँको विकास सम्भव नभएको धारणा राखे ।

images
प्रकाशित मिति :जेठ २१, २०७९ शनिवार - २०:१८:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology