Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मैत्रीपूर्ण अभ्यास खेलमा नेपाल ओमानसँग २–० गोल अन्तरले पराजित 

मैत्रीपूर्ण अभ्यास खेलमा नेपाल ओमानसँग २–० गोल अन्तरले पराजित 

images

इच्छाकामना न्युज

२१, जेठ २०७९
मैत्रीपूर्ण अभ्यास खेलमा नेपाल ओमानसँग २–० गोल अन्तरले पराजित 
images

काठमाण्डौ, २१ जेठ । नेपाल मैत्रीपूर्ण अभ्यास खेलमा ओमानसँग पराजित भएको छ । कतारको सुहिम बिन हामद स्टेडियममा गयराति भएको खेलमा नेपाल ओमानसँग २–० गोल अन्तरले पराजित भएको हो ।

ओमानको जितमा ओमार अल मलिकी र इशाम अल सुभीले एक एक गोल गरे ।  एएफसी एसियन कप छनोट अघि दोहामा तयारी गरिरहेको नेपालले तेस्रो अभ्यास खेल ओमानसँग खेलेको हो । यसअघि नेपालले मैत्रीपूर्णमा टिमोर लिस्टेको २३ वर्ष मुनिको टोलीसँग २–२ गोलको बराबरी खेलेको थियो भने श्रीलङ्कासँग १–१ को बराबरी खेलेको थियो ।

नेपाली टोली कतार थप तयारी गरेर छनोटका लागि कुवेत जाने छन् । छनोटमा नेपाल  समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।

नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुवात गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतसँग खेल्ने छ भने जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली एसियन कप २०२३ मा छनोट हुने छन् ।

images
प्रकाशित मिति :जेठ २१, २०७९ शनिवार - ०९:३७:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology