Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आईसीसी १९ वर्ष मुनिको महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत आज नेपाल र युएई खेल्दै 

आईसीसी १९ वर्ष मुनिको महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत आज नेपाल र युएई खेल्दै 

images

इच्छाकामना न्युज

२१, जेठ २०७९
आईसीसी १९ वर्ष मुनिको महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत आज नेपाल र युएई खेल्दै 
images

काठमाण्डौ, २१ जेठ । आईसीसी १९ वर्ष मुनिको महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज युएईसँग खेल्दै छ । मलेसियाको यूकेएम ओभलमा नेपालले दोस्रो खेलमा युएईको सामना गर्न लागेको हो ।

नेपाल र युएईबीचको खेल बिहान ११ बजे सुरु हुनेछ । आज नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । यसअघि हिजो नेपालले कतारलाई ७९ रनले हराएको थियो।

युएई पनि लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा युएईले भुटानलाई १ सय ६० रनले हराएको थियो । छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् ।

शीर्ष टोलीले दक्षिण अफ्रीकाको टिकट काट्ने छन् । यस्तै नेपालले भुटानविरुद्ध सोमबार खेल्दा मङ्गलवार थाइल्याण्ड र बिहीवार मलेसियाविरुद्ध खेल्नेछ।

images
प्रकाशित मिति :जेठ २१, २०७९ शनिवार - ०९:३५:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology