Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

यौन अपराधविरुद्ध उजुरी दिने हदम्याद पुनरावलोकन सम्बन्धी सङ्कल्प प्रस्ताव राष्ट्रिय सभाबाट स्वीकृत 

यौन अपराधविरुद्ध उजुरी दिने हदम्याद पुनरावलोकन सम्बन्धी सङ्कल्प प्रस्ताव राष्ट्रिय सभाबाट स्वीकृत 

images

इच्छाकामना न्युज

२१, जेठ २०७९
यौन अपराधविरुद्ध उजुरी दिने हदम्याद पुनरावलोकन सम्बन्धी सङ्कल्प प्रस्ताव राष्ट्रिय सभाबाट स्वीकृत 
images

काठमाण्डौ, २१ जेठ । यौन अपराधविरुद्ध उजुरी दिने हदम्याद पुनरावलोकन सम्बन्धी सङ्कल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।राष्ट्रिय सभा सदस्य कमला पन्त प्रस्तावक र डा. विमला राई पौड्याल, विमला घिमिरे, गंगाकुमारी बेलवासे, प्रमिलाकुमारी, मदनकुमारी साह गरिमा, तुलप्रसाद विश्वकर्मा, खिमलाल देवकोटा र शेखरकुमार सिंह समर्थक रहेको उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

सङ्कल्प प्रस्ताव पेस गर्दै सांसद पन्तले नेपालमा बाल यौनजन्य कसुर तथा बलात्कारजस्तो जघन्य अपराध गर्ने प्रवृत्ति झनै बढेको बताउनुभयो । उहाँले यससम्बन्धी अपराधमा उजुरी दिने हदम्याद सम्बन्धी नेपालका विद्यमान कानूनहरुमा भएको व्यवस्था अत्यन्तै अनुपयुक्त र अव्यवहारिक तथा पीडकमैत्री रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले अपराधीलाई सजाय जन्मकैदसम्म हुनसक्ने तर उजुरी एक वर्षसभत्र नदिए नलाग्ने भन्ने कानूनी व्यवस्था उचित नरहेको बताउनुभयो । 

images
प्रकाशित मिति :जेठ २१, २०७९ शनिवार - ०९:१५:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology