Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

लमजुङमा प्राकृतिक योग तथा रेकी उपचार केन्द्र संचालन

लमजुङमा प्राकृतिक योग तथा रेकी उपचार केन्द्र संचालन

images

इच्छाकामना न्युज

२०, जेठ २०७९
लमजुङमा प्राकृतिक योग तथा रेकी उपचार केन्द्र संचालन
images

लमजुङ, २० जेठ । लमजुङ सदरमुकाम बेसीशहरमा प्राकृतिक उपचार केन्द्र सञ्चालन भएको छ । मर्स्याङदी–४ ताघ्रिङका सुमन गुरुङले बेसीशहर–८ स्थित सेराकुनामा प्राकृतिक योग तथा रेकी उपाचार केन्द्र संचालन गरेका हुन् ।

रेकी उपचारको मद्दतले तनाव कम गर्नुका साथै शरीर शान्त पार्न सकिने उपचार केन्द्र सञ्चालक सुमन गुरुङले बताए । विशेष गरी डिप्रेशन, माइग्रेसन तथा शारिरिक समस्या भएका व्यक्तिको रेकी पद्दतीबाट उपचार गरिने गुरुङको भनाइ छ । 

सो बाहेक धुम्रपान, मध्यपान एवं विभिन्न कुलतबाट छुटकारा पाउन, डर, चिन्ता, तनावबाट मुक्त भई सकरात्मक सोचको विकास गर्न, आत्मबल बढाउन, शारिरिक तौल घटाउन रेकी अभ्यास गरिने सञ्चालक गुरुङले बताए । बालबालिकालाई मोबाइलको लतबाट छुटकारा दिलाउन पनि रेकी पद्दती उत्तम हुने गुरुङको भनाइ छ । 

प्राकृतिक उपचार तथा रेकी एक जापानी पद्दती हो । 
रेकी विशेषज्ञका अनुसार यस प्रक्रियाबाट विशेष उर्जा शरीरभित्र संचार गराउन सकिन्छ । यसले शारीरिक, मानसिक, भावनात्मक एवं आध्यात्मिक रुपमा शान्त र आनन्दित तुल्याउँछ । चिन्ता, तनाव, डिप्रेसन नियन्त्रण गर्न सहयोग गर्छ । यसैगरी हृदय रोग, बाँझोपन, क्रोन रोग आदिमा समेत रेकी लाभदायक हुने विशेषज्ञको भनाइ छ ।

बेसीशहरमा सञ्चालित सो प्राकृतिक उपचार केन्द्रमा प्रत्येक बिहान समूहगत रुपमा उपचार गरीने सञ्चालकले बताएका छन् ।

images
प्रकाशित मिति :जेठ २०, २०७९ शुक्रवार - ०८:४५:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology