Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

देशभर जुनसुकै बेला इन्टरनेट सेवा बन्द हुन सक्ने आइस्पानको चेतावनी

देशभर जुनसुकै बेला इन्टरनेट सेवा बन्द हुन सक्ने आइस्पानको चेतावनी

images

इच्छाकामना न्युज

१८, जेठ २०७९
देशभर जुनसुकै बेला इन्टरनेट सेवा बन्द हुन सक्ने आइस्पानको चेतावनी
images

काठमाडौं, १८ जेठ । इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल आइस्पानले विद्युत् प्राधिकरणले देशभरका मुख्य इन्टरनेट वितरण केन्द्रहरूमा विद्युत् प्रसारण लाइन काटेका कारण जुनसुकै बेला इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको छ ।

विद्युत् प्राधिकरणले विवादित पोलभाडाको निहुँमा देशको विभिन्न भागमा इन्टरनेट सेवा प्रदायकहरूका डाटा सेन्टरमा प्रयोग भइरहेको विद्युत् लाइन काट्नाले इन्टरनेट सेवा प्रभावित भएको र थप मुख्य सहर र ठाउँहरूमा बन्द हुन सक्ने चेतावनी दिएको हो । साथै इन्टरनेट सेवा प्रदायकहरूका घरबेटीसमेतको विद्युत् लाइन काट्ने लगायतका गतिविधिले इन्टरनेट प्वाइन्टबाट इन्टरनेट सेवा प्रवाह गर्न नसकिएको आइस्पानको भनाइ छ ।

विद्युत् भाडाको विवाद समाधानको विषयमा नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहजीकरणपछि उच्चस्तरीय समिति गठन भएर दिएको प्रतिवेदनलाई पनि प्राधिकरणले कार्यान्वयन नगरेको इन्टरनेट सेवा प्रदायकको आरोप छ । इन्टरनेट सेवा प्रदायकहरूले आफूले प्रयोग गरेका पोलहरू स्वघोषणा गरी प्राधिकरणमा बुझाए पनि प्रतिवेदन कार्यान्वयन गर्न प्राधिकरणको बोर्डले निर्णय नगरिसकेको तथा नयाँ भाडादर कायम गर्न पूर्वाधार व्यवस्थापन तथा भाडादर सिफारिस समितिको पनि कुनै पनि बैठक नबसेको बताएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पनि जानकारी गराउँदै इन्टरनेट सेवा प्रदायकहरूले पत्र दर्ता गराएका छन् ।

images
प्रकाशित मिति :जेठ १८, २०७९ बुधवार - २१:२०:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology