काठमाडौं, १८ जेठ । पिउने पानी उत्पादकहरुले पानीको मूल्य वृद्धि गरेका छन् । बिहीबारबाट लागू हुनेगरी नेपाल बोत्तल वाटर इन्डष्ट्रिज एशोसिएसनले जार तथा बोत्तलको पिउने पानीको नयाँ मूल्य सार्वजनिक गरेको हो ।
अब, प्रशोधित पिउने पानीको एक लिटरको बोत्तलको फ्याक्ट्री मूल्य १६ रुपैयाँ कायम हुनेछ भने २० लिटरको एक जार पिउने पानीको मूल्य भने ४७ रुपैयाँ पर्नेछ । यस अघि वणिज्य विभागले बढाएर मूल्य तोक्न दिएको अनुमति घटाएरै नयाँ मूल्य तोकेको एशोसिएसनका अध्यक्ष दुर्गा गौतमले दाबी गरे ।
संसदीय समितिको अनुगमन, निरीक्षण एवं बजारको मूल्य वृद्धिका आधारमा नयाँ मूल्य तोकेको उनको भनाइ छ ।