Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एन्फा निर्वाचन : उजुरी परेका दश मध्ये चार बदर

एन्फा निर्वाचन : उजुरी परेका दश मध्ये चार बदर

images

इच्छाकामना न्युज

१८, जेठ २०७९
एन्फा निर्वाचन : उजुरी परेका दश मध्ये चार बदर
images

काठमाडौं, १८ जेठ । अखिल नेपाल फुटबल संघ (एन्फा)को असार ६ गते हुने निर्वाचनका लागि गठित निर्वाचन समितिमा मंगलबार परेको दाबी विरोधका विभिन्न दश मध्य चार उजुरी बदर भएका छन् । 

आसन्न निर्वाचन तालिका अनुसार मंगलबार दाबी विरोधको समय सीमा रहेको थियो । बुधबार निर्वाचन समितिले उजुरीमाथि छानबिन गर्दै चार मताधिकार खोसेको समिति स्रोतले न्युज कारखानालाई बतायो ।  

जसमा महिला समिति, सिराहा जिल्ला, फ्रेन्ड्स क्लब र सरस्वती क्लब रहेका छन् ।  यसअघि अध्यक्ष पदमा उम्मेदवारी दिएका पंकजविक्रम नेम्बाङ पक्षले वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाविरुद्ध दिएको ८ मध्ये चार उजुरी सही प्रमाणित भएको समितिले ठहर गरेको छ । 

योसँगै कर्मा पक्षलाई धक्का लागेको छ । उसको चार भोट खोसिने संकेत देखिएको छ । निर्णय चित्त नबुझेमा पुनरावेदन समितिमा जान सक्नेछ । 

यस्तो छ दाबी विरोधबाट हटाइएको चार निर्णय:

१. महिला फुटबल समितिको वैशाख २६ गतेको बैठकअनुसार पेमा डोल्मा लामालाई मताधिकार दिएको र विना श्रेष्ठलाई प्रतिनिधिको रूपमा पठाउने निर्णय गरिएकोमा किर्ते गरी विनालाई मताधिकार र सरस्वती श्रेष्ठलाई प्रतिनिधिका रूपमा पठाएको हुँदा सो निर्णय खारेज गर्न उजुरी गरेको छ ।

२. सहिद स्मारक ‘ए’ डिभिजन लिगको क्लब फ्रेन्ड्सका अध्यक्ष दीपक थापाको मताधिकार तथा उम्मेदवारीमाथि पनि उजुरी परेको छ । थापा दोहोरो भूमिका रहँदै एन्फाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाले उनको उम्मेदवारी स्वतः खारेज हुने हुनुपर्ने । 

३. सिराहा जिल्ला फुटबल संघका महासचिव प्रवीणकुमार यादव अहिले पनि एन्फा केन्द्रीय कार्यसमितिको सदस्य भएकोले उनले साधारण सभामा मताधिकार हुन नपाउने ।

४. सरस्वती क्लबका मताधिकारप्राप्त प्रतिनिधि उत्तम भण्डारीको एन्फा सामाजिक उत्तरदायित्व समितिको संयोजक रहेकाले सो समिति एन्फाको स्थायी कमिटी भित्र पर्ने र स्थायी कमिटीका संयोजक, सदस्यहरूको कार्यकाल चार वर्ष हुन र त्यस्ता व्यक्तिले साधारणसभामा मताधिकार लिन नपाउने व्यवस्थाअनुसार उनको मताधिकार खारेज हुनुपर्ने ।

images
प्रकाशित मिति :जेठ १८, २०७९ बुधवार - २१:०९:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology