Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सी डिभिजन लिगः अन्तिम चरणको एक खेल दशरथ रंगशालामा हुने

सी डिभिजन लिगः अन्तिम चरणको एक खेल दशरथ रंगशालामा हुने

images

इच्छाकामना न्युज

१७, जेठ २०७९
सी डिभिजन लिगः अन्तिम चरणको एक खेल दशरथ रंगशालामा हुने
images

काठमाडौं, १७ जेठ । सहिद स्माकर सी डिभिजन लिगको अन्तिम चरणका खेल भोलिबाट सुरु हुँदैछन् ।  उपत्यकामा जारी लिगको १२औं चरणका खेल समाप्त हुँदै झापा शीर्षस्थानमा रहेर बी डिभिजन लिगमा बढुवा भइसकेको छ । 

अखिल नेपाल फुटबल संघ एन्फाले लिगको एक खेल भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाउने भएको छ । 

विजेता र दुई टिम रेलिगेसन पर्दा बी डिभिजनमा बढुवा हुने एक टोलीको टुंगो लाग्न बाँकी छ ।  प्लानिङ ब्वाइज क्लब र आरसी ३२ फुटबल एकेडेमीमध्ये एक टिम बढुवा हुनेछ । 

लिगको अन्तिम दिन तीन खेल हुँदै छ । शुक्रबार हुने खेलमा आरसी ३२ र स्पोर्टस् एकेडेमी साँगाबीचको खेल दशरथ रंगशालामा दिउँसो साढे १२ बजे सुरु हुनेछ । 

यस्तै सोही समय ओसिस क्लब र प्लानिङबीच एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रतिस्प्पर्धा हुनेछ ।  अन्तिम खेलमा अपरान्ह साढे ३ बजे विजेता झापा र स्वयम्भू क्लबबीच भिडन्त हुनेछ । 

जारी लिगमा झापा ३१ अंकसहित शीर्षस्थानमा छ । प्लानिङ र आरसी ३२ समान २८ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।  

यसअघि नै पुछारमा रहँदै ओसिस क्लब र वीरगञ्ज युथ एकेडेमी रेलिगेशनमा परिसकेका छन् । 

images
प्रकाशित मिति :जेठ १७, २०७९ मंगलवार - २०:००:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology