Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

जलवायु परिवर्तनको असरले उत्पादन घट्दै 

जलवायु परिवर्तनको असरले उत्पादन घट्दै 

images

सिआईएन

१४, जेठ २०७९
जलवायु परिवर्तनको असरले उत्पादन घट्दै 
images

अविनाश आचार्य, काठमाण्डौ, १४ जेठ । विश्वका धनी र औद्योगिक रूपले सम्पन्न देशहरूले गरेको अत्यधिक कार्वन उत्सर्जनबाट बढ्दै गएको जलवायु परिवर्तन सम्बन्धी असरको प्रभाव नेपालमा समेत देखिन थालेको छ । जलवायु परिवर्तनका कारण बेमौसममा पानी पर्ने, कतै अल्वृष्टि, कतै खण्डवृष्टि, बाढी पहिरो मात्रै होइन, हिमालका हिउँ पग्लने र मौसम अनुसारको तापक्रम फेरबदल हुने सम्मको असर देखिन थालेको छ । यसको प्रत्यक्ष प्रभाव किसान र कृषि उत्पादनमा देखिएको छ ।

विज्ञहरूका अनुसार प्रत्येक वर्ष पृथ्वीको तापक्रम बढिरहेको छ । तापक्रम बढ्ने दर नरोकिएको खण्डमा अबको ८० वर्षमा पृथ्वी थप ४ डिग्रीसम्म तात्न सक्छ । यसले विश्वभरि नै सुख्खा र खडेरी बढाउने छ । जसको प्रत्यक्ष असर कृषि उत्पादनसँग जोडिने जलवायु परिवर्तनका विज्ञ मञ्जित ढकाल बताउनुहुन्छ । नेपालको सन्र्दभमा कुरा गर्ने हो भने ४० वर्षमा २ डिग्री सेल्सियस तापक्रम बढेको छ भने मनाङमा प्रत्येक १० वर्षमा १ डिग्री तापक्रम बढिरहेको छ । जसका कारण नयाँ नयाँ झार, रोग र किराको प्रकोप पनि थपिदै गएको छ ।

किसान भने जलवायु परिवर्तनको असरले उत्पादन घटिरहेको विषयमा जानकार छैनन् । कृषिका विज्ञ तेजबहादुर सुवेदी उनीहरूलाइ यसबारेमा पर्याप्त सूचना दिनुपर्ने तथा कृषि बीमालाइ प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । विश्वव्यापी रूपमा भएको जलवायु परिवर्तनको असरले नेपालको कृषिमा पारेको प्रभाव कम गर्न सहज भने छैन ।

सरकार, वातावरण अनुकुल हुने गरि खाद्य बाली लगाउने तथा सोही अनुसारको बीउ उत्पादनको लागि अध्ययन भइरहेको दाबी गर्छ  । कृषि बिभागका महानिर्देशक रेवतीरमण पौडेल जलवायु परिवर्तनको असर नपर्ने गरि बर्षौदेखि स्थानीय स्तरको हावापानी र माटोमा भिजिरहेको रैथाने बाली संरक्षण र यसको उत्पादन बढाउने गरि कार्यक्रम तय गरिरहेको दाबी गर्नुहुन्छ ।

जलवायु परिवर्तन र यसका असरको बारेमा किसानलाइ ज्ञान दिने, परिवर्तित हावापानी र मौसम अनुसारको खेती गर्ने, मल, बीउ र सिंचाइको पर्याप्त उपलब्धता प्रदान गर्ने लगायतमा ध्यान दिन सके कृषि उत्पादन बढाउन सकिने विज्ञहरू बताउँछन् ।

images
प्रकाशित मिति :जेठ १४, २०७९ शनिवार - १०:४८:४८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology