Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

यौन हिंसा सम्बन्धी उजुरीका लागि हदम्याद हटाउन राष्ट्रिय सभामा सङ्कल्प प्रस्ताव दर्ता 

यौन हिंसा सम्बन्धी उजुरीका लागि हदम्याद हटाउन राष्ट्रिय सभामा सङ्कल्प प्रस्ताव दर्ता 

images

इच्छाकामना न्युज

१४, जेठ २०७९
यौन हिंसा सम्बन्धी उजुरीका लागि हदम्याद हटाउन राष्ट्रिय सभामा सङ्कल्प प्रस्ताव दर्ता 
images

काठमाण्डौ, १४ जेठ । यौन हिंसा सम्बन्धी उजुरीका लागि रहेको विद्यमान हदम्याद सम्बन्धी व्यवस्था हटाउने सम्बन्धी सङ्कल्प प्रस्ताव राष्ट्रिय सभामा दर्ता भएको छ ।

सांसद कमला पन्तको प्रस्ताव र सांसद विमला राय पौड्याल, प्रमिलाकुमारी यादव, खिमलाल देवकोटा, बिमला घिमिरे, मदनकुमारी शाह, शेखर कुमार सिंह, गंगा कुमारी बेलबासे र तुलप्रसाद विश्वकर्माले राष्ट्रिय सभामा सङ्कल्प प्रस्ताव दर्ता गरेका हुन् ।

सङ्कल्प प्रस्तावमा हदम्यादका कारण पीडितले न्याय नपाउने र पीडकले सजायबाट उन्मुक्ति पाउने अवस्था देखिएको उल्लेख छ । मुलुकी अपराध संहितामा बलात्कार र यौनजन्य हिंसामा, हिंसा भएको मितिले एक वर्ष भित्र उजुरी गरिसक्नुपर्ने हदम्याद छ ।

images
प्रकाशित मिति :जेठ १४, २०७९ शनिवार - १०:४३:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology